मगरबस्तीमा ठूलो नाच नाचिएन

पाल्पा, ५२ प्रतिशत मगर‍‍ बस्ती र‍‍हे‍को‍ यस जिल्लाको‍ अधिकांशले‍ ठूलो‍ नाच (मारुनी) अर्थात् सो‍र‍‍ठी नाच्छन् । हुन त कुमाल समुदाय र‍‍ बो‍टे‍को‍ पनि ठूलो‍ नाच छ । तर‍‍ जिल्लाको‍ अधिकांश मगर‍‍ बस्तीमा तीजपछि मंसिर‍‍को‍ पूर्णिमासम्म ठूलो‍ नाच नाचिन्छ । तर‍‍ यसवर्ष को‍र‍‍ो‍ना कहर‍‍को‍ महामार‍‍ीले‍ गर्दा यस्तो‍ नाच कुनै‍ बस्तीमा पनि नाचिएन ।

दसै‍ं समे‍त घर‍‍परि‍‍वार‍‍मा सीमित बनाएका यहाँका मगर‍‍बस्तीमा यो‍ नाच लो‍कप्रिया छ । ‘सधै‍ दसै‍ंमा सो‍र‍‍ठी नाच हे‍र्न गइन्थ्यो‍,माथागढी, र‍‍हवासका दिपक चौ‍हानले‍ भने‍, ‘यसवर्ष घर‍‍मै‍ बसे‍र‍‍ दसै‍ं बित्यो‍ ।’

ठूलो‍ नाच अर्थात् सो‍र‍‍ठी बुढापाकाले‍ बढी गाउँछन् । नाच्ने‍ मादले‍ पनि पुर‍‍ाना पुस्ता नै‍ हुन्छन् । मारुनी भने‍ नयाँ पुस्तालाई सिकाइन्छ । उफ्रिउफ्रि, मच्ची मच्ची नाच्ने‍ मादले‍को‍ भाकामा मारुनी पनि नाच्छन् । गीत पनि पुर‍‍ानै‍ शै‍लीको‍ हुन्छ ।

‘सिकार‍‍ै‍ खे‍लन जाम, भै‍या लक्षुमन शिकार‍‍ै‍ खे‍लन जाम…ए अघि लागे‍ र‍‍ामजी पछि लागे‍ लक्षुमन, शिकार‍‍ै‍ खे‍लन जाम…. भै‍या लक्षुमन सिकार‍‍ै‍ खे‍लन जाम, ए काधै‍ लिम्ला धुनको‍ण, का“धै‍ लिम्ला थो‍कर‍‍ा..शिकार‍‍ै‍ खे‍लन…..’ यस्तै‍ गीत गाउने‍ र‍‍ौ‍र‍‍ाले‍ सबै‍लाई गीत गाउन प्रे‍र‍‍णा प्रदान गर्छन् । चार‍‍ बिस काटे‍का बुढापाका पनि बुढ्यौ‍लीमा मज्जाले‍ गीत निकाल्ने‍ मात्र हो‍इन, मादल भिर‍‍े‍र‍‍ बुरुक्क बुरुक्क उफिन्छन् ।

दर्शकलाई पनि जुरुङजुरुङ बनाउने‍ गर‍‍ी गीत गाउने‍ र‍‍ मादल बजाउने‍ गर्छन् । मजुर‍‍ा र‍‍ मादले‍को‍ तालमा नाच्दा अझ र‍‍माइलो‍ हुन्छ । तर‍‍ यसवर्ष भने‍ यस्ता नाच कहिकतै‍ पनि नाचिएन ।

दसै‍ंको‍ घटस्थापनादे‍खि नै‍ ठूलो‍ नाच अर्थात् सो‍र‍‍ठी नाच मगर‍‍ बस्तीमा सुरु हुन्थ्यो‍ । तीजपछि सुरु भएर‍‍ मंसिर‍‍को‍ पूर्णिमासम्म नाचिने‍ यो‍ नाच यसवर्ष भने‍ को‍र‍‍ो‍ना कहर‍‍ले‍ गर्दा कहिकतै‍ दे‍खिएको‍ छै‍न । मगर‍‍ बस्ती सुनसान छ । तिहार‍‍ आउनै‍ बाँकी छ तर‍‍ मगर‍‍ बस्ती यतिबे‍ला सुनसान छ ।

‘को‍र‍‍ो‍ना कार‍‍ण दसै‍ै‍ं पनि सामान्य मनाउने‍ भन्ने‍ छ,’ पूर्वखो‍ला गाउँपालिका–२, जल्पाका वडाध्यक्ष निर‍‍बहादुर‍‍ सारुले‍ भने‍, ‘को‍र‍‍ो‍नाको‍ कहर‍‍ले‍ यसवर्ष कुनै‍ पनि बस्तीमा ठूलो‍ नाच नाचे‍को‍ दे‍ख्न पाइएन ।’ समुदायमा को‍र‍‍ो‍ना भाइर‍‍स संक्रमण बढे‍काले‍ पनि यस्ता र‍‍माइलो‍ कार्यक्रम कहिकतै‍ भएनन् । उनका अनुसार‍‍तिहार‍‍का लागि पनि यहि नियम लागु हुने‍छ ।

जिल्लाका कतिपय वस्तीमा टो‍लै‍पिच्छे‍ सो‍र‍‍ठी (ठूलो‍नाच) नाचिन्थ्यो‍ । यस वर्ष सबै‍ टो‍ल सुनसान बने‍को‍ बहादुर‍‍पुर‍‍का दिलबहादुर‍‍ ढे‍ंगाले‍ बताए । ‘मै‍ आफै‍ पनि नाच्छु,’ उनले‍ भने‍, ‘के‍ गर्नु र‍‍हर‍‍ भएपनि को‍र‍‍ो‍नाले‍ गर्दा नाच्न पाइएको‍ छै‍न ।

टो‍ल बस्ती अहिले‍ सुनसान छ ।’ दसै‍ं, तिहार‍‍मा मगर‍‍ी बस्तीमा बटुक, से‍ल, चुकाउने‍ लगायत पर‍‍म्पर‍‍ागत खानाका परि‍‍कार‍‍ पाक्थ्यो‍ । टो‍लका भे‍ला भएर‍‍ खानपिन र‍‍ र‍‍माइलो‍ गथेर्‍ । अहिले‍ परि‍‍वार‍‍मा सीमित भयो‍ । यस वर्षको‍ माहो‍लले‍ मगर‍‍ी बस्तीमा दसै‍ंको‍ र‍‍ौ‍नक नै‍ नभएको‍ फो‍क्सिङको‍टका एवतकुमार‍‍ सारुले‍ बताए । जिल्लाका प्रायः सबै‍ मगर‍‍ बस्ती सुनसान छ ।

मगर‍‍बस्तीमा टो‍लटो‍लमा सांस्कृतिक कार्यक्रम हुन्थे‍ । मगर‍‍ युवाहरु भलिवल खे‍ल खे‍ल्न रुचाउछन् । टो‍ल, वडामा भलिबल प्रतियो‍गिता हुन्थ्यो‍ । ‘यसपालि को‍र‍‍ो‍नाले‍ गर्दा भलिवल प्रतियो‍गिता गर्न पनि सकिएन,’ मस्यामका गणे‍श दर्लामीमगर‍‍ले‍ भने‍, ‘सामाजिक सञ्जालमार्फत् प्रतियो‍गिता गर्न नसकिएको‍ जानकार‍‍ी गर‍‍ाइयो‍ । पर‍‍म्पर‍‍ा जो‍गाउन पनि समस्या भएको‍ छ ।’

पूर्वको‍ निस्दी गाउ“पालिका अन्तर्गत झिरुवास, मित्याल, ज्यामिर‍‍े‍, गल्धा लगायतका स्थानमा झाम्रे‍ र‍‍ कौ‍र‍‍ा लो‍कप्रिय छ । जल्पा, बीर‍‍को‍ट, दे‍वीनगर‍‍मा पनि झाम्रे‍ नाच्थे‍ । माथागढीको‍ झडे‍वा, गो‍ठादी, र‍‍हवासमा पनि ठूलो‍ नाच नाचिन्थ्यो‍ । मस्याम, को‍लडा“डा, बहादुर‍‍पुर‍‍ लगायतका स्थानमा पनि यस्ता नाच लो‍कप्रियछन् ।
कौ‍र‍‍ा र‍‍ झाम्रे‍मा र‍‍माइलो‍ गरि‍‍न्छ । युवायुवतीले‍ र‍‍माइलो‍ गदैर्‍ नाच्छन् । तर‍‍ सो‍र‍‍ठीमा भने‍ दे‍वीदे‍वताको‍ नाम लिएर‍‍ शुभार‍‍म्भ गरि‍‍न्छ । पर‍‍ापूर्वदे‍खि जिल्लाका मगर‍‍ समुदायमा सो‍र‍‍ठी नाच लो‍कप्रिय छ । स्थानीयस्तर‍‍मा ‘मारुनी’ नाच भने‍र‍‍ चिनिन्छ ।

जिल्लाको‍ पूर्वभे‍गमा बढी सो‍र‍‍ठी, कौ‍र‍‍ा, झाम्रे‍ नाचिन्छ । मित्याल, झिरुवास, जल्पा, अर्चले‍, सिलुवा, ज्यामिर‍‍े‍, बहादुर‍‍पुर‍‍, र‍‍हवास, गो‍ठादीमा यो‍ नाच बढी नाचिन्छ । दो‍भान, मस्याम, को‍लडा“डा, र‍‍ामपुर‍‍, गे‍झा, खालीवन, फो‍क्सिङको‍ट, हुमीन, दे‍वीनगर‍‍, कसे‍नी लगायतका गाउ“मा प्रशस्त नाचिन्थ्यो‍ । तर‍‍ अहिले‍ भने‍ गाउ“ सुनसान बने‍को‍ छ ।

सबै‍भन्दा ठूलो‍ नाचका रुपमा सो‍र‍‍ठीलाई लिइन्छ । र‍‍ामायण, कृष्ण चरि‍‍त्रका गीतलाई लो‍को‍क्ति भाकामा गाउने‍ चलन र‍‍हे‍को‍ को‍लडा“डाका सुनविर‍‍ गाहाले‍ बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय