करूवा खबर
लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारमा रहेका थप दुई जना काेकोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने एक पुरुष र एक जना महिला रहेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ।
पूर्वखोला गाउँपालिकाकी ६९ वर्षीय महिला दुर्घटनामा परेर उपचार गर्न लुम्विनी मेडिकलमा भर्ना भएकी थिइन् । उनको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको सोमबार राती मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनमा कोरोनाका लक्षण देखिएको थियो ।
रुपन्देहीमा भेन्टिलेटर नपाएर पाल्पास्थित लुम्विनी मेडिकल कलेजमा उपचार गर्न आएका तिलोत्तमा नगरपालिका–३, का ७४ वर्षीय पुरुषको पनि सोमबार राती मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालका अनुसार श्वासप्रश्वासमा समस्या आएको र उपचारको क्रममा निधन भएको हो । पाल्पामा १ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ सय ५८ जना निको भएका छन् । २ सय ३२ जना सक्रिय संक्रमित छन् ।