पाल्पामा काेराेनाबाट मृत्युहुनेकाे संख्या आठ पुग्यो

पाल्पा, पाल्पामा थप एक जना काेराेना  संक्रमितकाे मृत्यु भएकाे छ । शनिबार बिहान एक जना कोरोना संक्रमित पुरुषको निधन भएको हाे ।

तानसेनस्थित मिसन अस्पताल, भुषालडाँडामा उपचारका क्रममा तानसेन नगरपालिका–१, गैरागाउँका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

मृतक पुरुषको नाै दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको स्वास्थ्य कार्यालय  पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय