संक्रमित संख्या गन्दैं आएका सूचना अधिकारी आफै परेपछि

पाल्पा, दैनिक जिल्लाको कोभिड १९ को अवस्था जानकारी गराउदै आएका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीलाई संक्रमण पुष्टि भएको छ । पाल्पा अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा पन्थीलाई विहीवार संक्रमण पुष्टि भएको हो ।

जिल्लाका दश स्थानीय तहको कोरोना भाइरस परीक्षण संख्या तथा संक्रमण पुष्टिको संख्याका विषयमा दैनिक खटेर काम गर्दै आएका पन्थी स्वयममा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणको सूचना सिमित स्रोत र साधनका बिच सरल र सहज रुपमा सार्वजनिक गर्दे आएका पन्थी अहिले होम आइसोलेशनमा बसेका छन् ।

पन्थीले पछिल्लो समय स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिन पालिकामा हिड्डुल गर्दा कोरोना संक्रमण भएको बताए । स्वास्थ्य अवस्था सामान्य रहेको छ । दसै विदाका समयमा र संक्रमण पुष्टि भएपनि सूचना प्रवाहको काम आइसोलेशनवाटै सम्पादन गरेको उनले बताए ।

यसका साथै दसैंको मुखमा संक्रमण पुष्टि भएका पन्थीले कोरोना भाइरसवाट बच्नका लागि दशै घर परिवारमा मात्र सिमित गर्न सुझाएका छन् । उनले ज्यान रहे अर्कोवर्ष पनि दसैं आउने भएकोले यस वर्ष स्वास्थ्य मापदण्ड पालन गरि घरपरिवार भित्र औपचारिकता निर्वाह गर्नेगरि चाडपर्व बनाउन अनुरोध समेत गरेकाछन् ।

पाल्पामा पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमित थप भएका छन् । जसमध्य माथागढी गाउँपालिकाका एक जना,रामपुर तथा अस्पतालका २ जना,पूर्वखोला गाउँपालिकाका १६ जना,बगनासकाली गाउँपालिकाका २ जना,तिनाउ र रिब्दीकोटा गाउँपालिकाका एक÷एक जना र तानसेन नगरपालिका तथा अस्पतालहरुका १२ जना गरि कुल ३५ जना रहेका छन् । हाल सम्म पाल्पामा २ सय ८२ सक्रिया संक्रमित रहेको सूचना अधिकारी पन्थीले बताए ।

सम्बन्धित खवर