पाल्पा, रम्भा गाउँपालिकाले कोभिड १९ को संक्रमण रोकथामका लागि सचेतना अभियान सुरु गरेको छ । समुदायमा आधारित कोरोना भाइसर संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण गाउँपालिका भित्रका पाँच स्थानमा गरिने स्वास्थ शाखाले जनाएको छ ।
गाउँपालिका भित्रको ताँहु प्राथमिक स्वास्थ्य केन्द्र, हुमीन स्वास्थ्य चौकी, हुँगी स्वास्थ्य चौकी पिपलडाँडा स्वास्थ्य चौकी र फोक्सिङकोटा स्वास्थ्य चौकीको समन्वयमा सचेतना अभियान संचालन गरिएको जनस्वास्थ्य निरीक्षक महेश आर्चायले बताए । उनले महामारी बढ्दै गएको र चार्डपर्वमा हुनसक्ने चहलपहललाई केन्द्रित गरि कार्यक्रम आयोजना गरिएको बताए ।
सचेतना अभियानमा सहभागीहरुलार्य कोरोना भाइरसको परिचय, रोकथाम, उपचार नियन्त्रण र व्यवस्थापनमा स्थानीय तहको भुमिका बारेमा जानकारी गराइएको थियो ।
यसका साथै पोषणको महत्व र प्रभावका बिषयमा समेत छलफल गरिएको थियो । अभियानमा रम्भा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले रम्भा गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथामका लागि भैरहेका गतिविधिका बारेमा जानकारी गराए । उनले अहिलेसम्म ६ सय व्यक्तिको पिसिआर परीक्षण गरिएको २ सय २३ व्यक्तिको आरडिटि परीक्षण गरिएकोमा ७० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
पालिका भित्र संक्रमण पुष्टि भएका व्यक्ति मध्ये ६७ जना सड्क्रमण मुक्त भई घर फर्केको बताए । शिक्षा शाखा प्रमुख मीना आचार्यले व्यक्ति स्वयम सचेत हुदाँ कोरोना भाइरसवाट सहजै जोगिन सकिने बताइन् । उनले दैनिक व्यवहारमा सतकर्ता अपनाउन सके संक्रमणवाट बच्न सकिने समेत बताइन ।
जनस्वास्थ्य निरीक्षक महेश आचार्यले कोभीड १९ का बारेमा रम्भा गाउँ पालिकाले अबलम्बन गरेको नीति जानकारी गराउदै चाडपर्वको बेलामा देश बिदेशबाट धेरै मानिसहरु घरमा आउन सक्ने भएकाले थप सचेत हुनुपर्ने बताए ।
कार्यक्रमका सहभागीहरुले कोभीड १९ को रोकथामका लागि सवैको साझा प्रयास आबश्यक रहेको बताए । उनिहरुले अभियानमा उठान गरिएका विषयबस्तु माथि जिज्ञासा समेत राखेका थिए ।
अभियानमा प्राथमिक स्वास्थ्य केन्द्र ताँहुका चिकित्सक केसरजङ्ग कार्कीले सक्र्रमित क्षेत्र वा बिदेशबाट घर आउनेहरुलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राख्नुपर्ने बताए । उनले संक्रमणको आसंका भए स्वास्थ्य सस्था वा स्थानीय तहमा खवर गर्ने आग्रह गरे । यसका साथै चाडपर्वमा पहिले पहिले जस्तो नगरि सामान्य किसिमले मनाउने , नियमित सरसफाइलाई विशेष ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि , बिद्यालयका प्रधानाध्यापक , महिला स्वास्थ्य स्वयंसेविका, पोषण सहजकर्ता , नागरिक समाज र विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । स्थानीय स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीैहरुको सहजिकरणमा अभियान चलेको हो ।