सांसद पाण्डेको दशैं पेश्की कोभिड कोषमा

पाल्पा, क्षेत्र नं. २ का संघीय संसद सोमप्रसाद पाण्डेले आफुले प्राप्त गर्ने दशै खर्च वापतको रकम जिल्ला कोभिड कोषमा जम्मा गरिदिन संसद सचिवालयको लेखा शाखालाई लिखित अनुरोध गरेका छन् ।

सांसद पाण्डेले सचिवालयले अन्य सेवा सुविधासँगै दशैं खर्च बैंक खातामा जम्मा गरेको जानकारी पाएपछि संसद सचिवालयमा पुगेर निवेदन लेखि दशै खर्चमा आएको कूल रकम पाल्पा कोभिड कोषमा जम्मा हुनेगरि पठाउने व्यवस्था मिलाउन आग्रह गरेको स्वकिय सचिव पदम गैरेले जानकारी दिए ।

२०७७ सालमा प्राप्त हुने दशैं खर्च पाल्पामा सञ्चालन भइरहेको कोभिड १९ परीक्षण प्रयोगशाला लगायत अन्य कोभिड १९ सँग सम्बन्धित काममा खर्च हुनेगरी कोषमा पठाइदिने व्यवस्था मिलाउन अनुरोध गरेको सांसद् पाण्डेले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

पाल्पाका कोरोना भाइसर संक्रमण रोकथामका लागि कोभिड १९ परीक्षण प्रयोगशाला स्थापना तथा संचालनमा सांसद पाण्डेको भूमिका प्रशंसा योग्य रहेको थियो ।

सम्बन्धित खवर