‘पाल्पा च्याम्पियन’ नहुने

पाल्पा,  दमकडा क्रिकेट क्लबको आयोजनामा प्रत्येक वर्ष बिजयादशमीको अवसरमा हुने ‘पाल्पा च्याम्पियन’ यस वर्ष नहुने भएको छ ।

च्याम्पिएन यसवर्ष कोभिड–१९ का कारण नहुने भएको क्लबका अध्यक्ष छविलाल भट्टराईले बताए ।

वर्तमान अवस्थामा कोरोना भाइरस संक्रमण दर क्रमिक रुपमा बढेको साथै जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलन तथा खेलकुद प्रतियोगिताहरु नगर्न नगराउन गरेको निर्देशन कार्यान्वयनका लागि क्लबले प्रतियोगिता स्थगित गरेको उनले जानकारी दिए ।

तानसेन नगरपालिका–९, दमकडा खेलमैदानमा २०६७ सालदेखि प्रतियोगिता निरन्तर छ ।

प्रतियोगिता स्थगित गर्नुपर्दा दुख लागेको क्लवका बोर्ड सदस्य अच्युत पाण्डेले बताए । उनले वार्षिक प्रतियोगितामा हुने करिव पाँच लाख रुपैया खर्च व्यक्तिगत रुपमा व्यर्होदै आएका थिए ।

सम्बन्धित खवर