पाल्पा प्रशासनको अन्तरक्रिया

पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले सम्पादन गरेका गतिविधि वारे सरोकारवालाहरुलाई जानकारी गराएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रम आयोजना गरी कोरोना भाइरस संक्रमणपछि हालसम्म भई गरेका कामको जानकारी दिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कोभिड १९ संक्रमण र व्यवस्थापनका सवालमा भएका काम, विपद व्यवस्थापन, सुशासन र सेवा प्रवाहका साथै जिल्लाको शान्ति सुरक्षामा विषयमा सम्पादन भएका काम वारे जानकारी गराए । उनले संक्रमण रोकथामका लागि लकडाउन र निशेधाज्ञा विकल्प नभएको बताउँदै सबै व्यक्ति सचेत र इमान्दार भए संक्रमणको रोकथाम हुने विश्वास व्यक्त गरे ।

चार्डपर्व नजिकिदै गर्दा संक्रमण फैलिन सक्ने जोखिम कायमै रहेको हुँदा परीक्षण बढाउँदै लैजानु पर्नेमा समेत प्रमुख जिल्ला अधिकारी न्यौपानेले जोड दिए ।

प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम–निश्चित व्यक्तिको सुझावः कार्यक्रममा सहभागिहरुले कोरोना भाइरस संक्रमण रोकथामका लागि सबै पक्षको समन्वयात्मक सहकार्य आवश्यक भएको बताए ।

जिम्मेवार प्राप्त निकायहरु गैर जिम्मेवार हुदाँ जिल्लामा सडक, विधुतको समस्या भएको बताए । यसैगरी कोरोना संक्रमण दर दैनिक बढेकोले यसको नियन्त्रण र रोकथामका लागि उचित पहल गर्नुपर्नेमा सहभाग जोड दिए ।
लुम्बिनी प्रदेशका सांसद नारायणप्रसाद आर्चायले जनताले पाउने सेवामा कुनै खाले सम्झौता नगर्न आग्रह गरे । सांसद आर्चायले अहिलेको समय संवेदनशिल भएकोले चार्डपर्वमा सबै नागरिक जिम्मेवार बन्नुपर्ने बताए ।

यस्तै अर्का प्रदेश सांसद वीरबहादुर रानाले कर्मचारीले सेवा प्रवाह गर्दा प्रयोग गर्ने भाषा शैलीका कारण सेवाग्राहीले सास्ती खेप्दै आएको बताए । उनले संक्रमणको समयमा सहज रुपमा सेवा प्रवाह नहुँदा गणतन्त्रको प्रत्याभूति हुन नसकेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालले पछिल्लो समय जिल्ला प्रशासन कार्यालय सूचनामैत्री भएकोमा खुसी व्यक्त गरे । उनले अझैपनि अन्य सरकारी कार्यालय सूचना दिन अनकनाउने गरेको बताए ।

चाडपर्व आएकोले बाहिरी जिल्लाबाट व्यक्तिहरुको आवागमन भइरहेकोले संक्रमण जोखिम बढ्ने देखिएको बताए । उनीहरुको स्थानीय तह संगको समन्वयमा उचित व्यवस्थापन गर्न नसके दशंैको आर्शीवाद संगै कोरोना संक्रमण फैलन सक्ने बताए । यसका लागि समयमै उचित व्यवस्थापानको तयारी गर्न आग्रह समेत अध्यक्ष अर्यालले बताए ।

सम्बन्धित खवर