
पाल्पा, पाल्पाको माथागढी ४ झडेवाका उपभोक्ता समितिका पदाधीकारीलाई एक दिने योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण तालिम दिइएको छ ।
गाउँपालिकाले योजना फरफारकलाई पादर्शी र सहज बनाउनका लागि उपभोक्ता समितिलाई तालिम दिएको हो । कार्यक्रममा गाउँपालिकका प्रशासकीय अधिकृत राजु नेपालले योजना फरफारका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकका अध्यक्ष सन्तोष थापाले कार्यक्रमले योजना फरफारकलाई पादर्शी र सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । काेरोनाको जोखिमलाई मध्यनजर गर्दै अभिमुखिकरण कार्यक्रम दुई चरणमा गराइएको थियो ।