रिब्दीकोटको लेख रचना प्रतियोगिता

पाल्पा, रिब्दीकोट गाउँपालिकालेले आफ्नो गाउँपालिका भित्रका प्रर्यटकीय तथा धार्मिक गन्तव्य स्थल चिनाउने उद्देश्यले लेख रचना प्रतियोगिता आयोजना गरेको जनाएको छ । गाउँपालिका भित्रका विभिन्न वडामा रहेका धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलको वारेमा लेख लेखि प्रतियोगितामा सहभागि वन्न पाइने छ । रिब्दीकोट गाउँपालिका भित्र के कस्ता धार्मिक तथा एतिहासिक विषय बस्तु छन् । रिब्दीकोटको सम्भावना र अवसरका बारेमा लेखमा उल्लेख हुने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जि.सीले बताए । उनले पालिकाको पहिचानमा प्रतियोगिताले ठूलो सहयोग पुग्ने समेत बताए । गाउँपालिले पहिचान, चिनारीका साथ अस्थीत्व स्थापित गर्न एक सोच बनाएको अध्यक्ष जि.सीको भनाई छ । सम्भावना र एतिहासिकताका कुरा कलम जीवि मार्फत जनतासामु लैजाने र रिब्दीकोटमा कुन स्तरका धार्मिक तथा एतिहासिक विषयबस्तु छन भन्ने बौद्धिक व्यक्तिवाट लेख रचना प्राप्त हुने गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले बताइन् । उनले आफ्नो क्षेत्रमा रहेका धार्मिक, एतिहासिक तथा पर्यटकीय क्षेत्रले गाउँपालिकालाइ कस्तो बनाएको छ र कस्तो बनाउनुपर्छ भन्ने योजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको बताइन् । लेख रचना एक दस्तावेजका रुपमा संग्रह गरिने र आगामी दिनमा गाउँपालिकाभित्रको क्षेत्रगत विकासमा योजना तयार गर्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । उनले कोभिड १९ का कारण अनलाइन मार्फत गरिने प्रतियोगितामा प्रथम हुनेलाई दश हजार, दोस्रो हुनेलाई सात हजरा, तेस्रो हुनेलाई पाँच हजार र सान्त्वना हुनेलाई तीन हजार रुपैयाँ पुरस्कार दिइने बताए । हाला गाउँपालिकाभित्र भैरवथान मन्दिर, जलेश्वर धाम, रिब्दीकोट, छत्रदेव आदी स्थलहरु धार्मिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण मानिएका छन् ।

सम्बन्धित खवर