गाउँ फर्कन पि.सि.आर रिपोर्ट चाहिने

पाल्पा, पूर्वखोला गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथामका लागि गाउँ प्रवेश गर्नेलाई पि.सि.आर परीक्षणको नेगेटिभ रिपोर्ट लिएर मात्र प्रवेश गर्न सूचना जारी गरेको छ ।


पछिल्लो समय छिमेकी गाउँपालिकाहरुमा बढ्दो संक्रमण र चार्डपर्वको समयमा गाउँमा आउनेहरुको संख्या बढ्दा कोभिड १९ को संक्रमण समुदायमा फैलन नदिन रिपोर्ट अनिवार्य गरिएको सूचना अधिकारी मोहन ढकालले जानकारी दिए ।

पूर्वखोला गाउँपालिकाले भारत तथा तेस्रो मुलुकका साथै संक्रमित क्षेत्रबाट आउने सबैलाई अनिवार्य कोभिड १९ को परीक्षण गरेर नेगेटिभ नतिजा लिएर आउन भनेको छ । यदि सूचनालाई व्यवास्ता गरे कारवाही गरिने पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पर्नेको बताए ।

गाउँ फर्कनका लागि पिसिआर नेगेटिभ नतिजा आएको ७२ घण्टाभित्रको प्रमाण स्वास्थ्य शाखा तथा स्वास्थ्य चौकीमा बुझाएर बस्न पाइने छ । तर नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।

परीक्षण बिना आएमा गाउँपालिकाले तोकेको क्वारेन्टाइनमा १४ दिन बस्नुपर्ने छ ।
यदि लुकिछिपी आउने, समुदायमा घुलमिल हुने गरेमा संक्रमन रोग एन २०२० अनुरुप कारबाहीको लागि सिफारिस गरिने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय