कोरोना जोखिम बढ्दो छैन सर्तकता

पाल्पा, नेपालीहरुको घरदैलोमा ठूला चार्डपर्वहरु नजिकिदै गरेका छन् । यही समयमा कोरोना भाइरसको संक्रमण दर पनि बढ्दै गएको छ ।

जसले गर्दा समुदायमा संक्रमणको उच्च जोखिम बढेको छ । संक्रमण रोकथामका लागि स्थानीय तह तथा नागरिकले स्वास्थ्य मापदण्ड लगायतमा सर्तकता अपनाएका छैनन । जस्ले गर्दा चार्डपर्वको समयमा संक्रमणको जोखिम बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
सुरुका दिनमा भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकमा मात्र संक्रमण देखिएकोमा अहिले भने स्वदेशका विभिन्न ठाँउबाट घरफर्केका व्यक्तिमा समेत संक्रमण देखिएको छ । चाडपर्व मनाउन घर आएका, उपचारका लागि अस्पताल पुगेका र घर नछोडी बसेका व्यक्तिमा समेत धमाधम संक्रमण पुष्टी हुँदा जोखिम बढेको हो ।

गत जेठ १७ गते पहिलो पटक संक्रमण पुष्टि भएको पाल्पामा स्थानीय तहको क्रियाशीलतामा बिचमा शून्य संक्रमित जिल्ला बनेको थियो। पछिल्लो समय स्वास्थ्य सुरक्षा मापदण्डलाई बेवास्ता गर्दा समुदायमा संक्रमण फैलिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

लामो समयको बन्दाबन्दी पछि अर्थतन्त्रलाई चलायमान गराउन सरकारले निशेधाज्ञा हटाउने निर्णय गरेपछि बजार खुल्लो । बजार खुलेसंगै लामो समय ठप्प रहेका व्यापार, व्यवसाय, खुलेपछि नागरिकको आवतजावत पनि ह्वातै बढेको छ ।
स्थानीय प्रशासन र स्वयम् स्थानीय तहले निषेधाज्ञा तथा संक्रमण फैलिएका स्थानमा गरिएको शीलले केहि हदसम्म संक्रमणलाई समुदायमा फैलिन दिएको थिएन । तर बन्दावन्दीको अवस्था अन्त्य गर्ने निर्णय भएसंगै हाइसन्चो मानेर स्थानीय तहले पहिलेको
गतिमा काम गर्न छाडेपछि समस्या आएको हो ।

तानसेन बसपार्कमा नागरिक चहलपहल

तानसेन बसपार्कमा नागरिक चहलपहल

कोराना भाइसर संक्रमण रोकथामका लागि कुनैपनि स्थानीय तहले योजना बनाएका छैनन् । संक्रमणको जोखिम रहेका व्यक्तिलाई राख्ने व्यवस्थित क्वारीन्टीन छैनन् । संक्रमण पुष्टिभए संक्रमितलाई राख्ने उचित मापदण्ड अनुसारको आइसोलेशन निर्माण भएको छैन । विश्व आतंक मच्चाएको माहामारीलाई स्थानीय सरकार र आम नागरिकले सामान्य रुपमा लिदाँ जोखिम बढेको छ ।

अन्तिम अवस्था आउँदा जनतन समस्या समाधानका केन्द्रित बन्ने स्थानीय सरकार प्रभावकारी व्यवस्थापनका लागि अझै सचेत देखिएका छैनन् । संक्रमतिको संख्या चार्डपर्व नजिकिदै गर्दा दिनहु बढ्दो क्रममा रहेको छ ।
मौसममा सुधार, बन्दावन्दीको अवस्थाको अन्त्य भएको र ठूला चार्डहरु नजिकिएसंगै मानिसहरुको आवागमन बढ्दो क्रममा रहेको छ । जिल्ला सदरमुकाम तानसेन लगायत स्थानीय तह र अन्य व्यापारिक केन्द्रहरुमा समेत मानिहरुको चहलपहल बढेको छ ।

दशैका लागि किनमेल र घरमा उत्पादन भएका नगदेबालीको बिक्रीबाट दशंैको जोहो गर्ने हिँड्डुल गर्नेहरुबाटै संक्रमण फैलिन सक्ने जोखिम बढेको स्वास्थ्य सारोकारवालाहरुको भनाई छ । सरकारले स्थानीय निकायलाई अधिकार दिएर क्वारिन्टीन तथा आइसोलेशनको व्यवस्थापनको जिम्मा दिएनि त्यसतर्फ ध्यान पुग्न सकेको छैन । घरफर्केका व्यक्ति खुल्याम हिडडुल गरेका छन् । उनीहरुलाई सम्भाव्य संक्रमण बारे परामर्श गर्ने निकाय छैन ।

पछिल्लो समय होम क्वारिन्टीन र आइसोलेशनले गर्दा संक्रमितले समेत रोगलाई व्यवास्ता गरेको पाइएको छ । संक्रमण पुष्टि भएपछि इमान्दार रुपमा होमआइसोलेशनमा बस्ने बानी छैन् । एक ठाँउबाट अर्कोठाँउ पुगेका व्यक्तिलाई निश्चित समय होम क्वरिन्टीनमा राख्ने भनिएपनि त्यसको ठोस कार्यान्वयन नहुदा स्थनीय त्रसित छन्।

सुरुमा जनतन बन्द रहेका विद्यालयमा क्वारेन्टाईन र आइसोलेशन निर्माण गरेपनि मापदण्ड पुरा नभएपनि त्यो संरचना संक्रमण रोकथामका लागि सहयोगी बने । हाल सबै संक्रमित घरमा बस्दा स्वास्थ्य मापदण्ड नअपनाउँदा नै समुदायमा भयाबह रुपमा संक्रमण फैलिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

कुनै ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा संक्रमण पुष्टि हुँदा संक्रमित र उसका पविार समुदायका अन्य व्यक्ति, दिर्घ रोगी तथा उमेर पुगेका व्यक्तिसंगको सम्प्रर्क सुरक्षित नहुदाँ संक्रमण जोखिम बढेर गएको सूचना अधिकारी पन्थीले बताए ।

उनले दशै तिहार लगायत चार्डपर्वका नाममा सकेसम्म आवतजावत नगर्ने आग्रह गर्दै गाउँमा आएका व्यक्तिलाई निश्चित समय होम क्वारिन्टीनमा बसाल्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । स्वास्थ मापदण्ड नअपनाए यसपाली दशै कोभिड १९ का कारण दशामा परिणत हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर