पाल्पा,रम्भा गाउँपालिका र पुर्बखोला गाउँपालिकाभित्रका ११ स्वास्थ्य सस्थाले संचालन गरेको क्षयरोग कार्यक्रम सम्बन्धि समिक्षा सकिएको छ ।
दुई गाउँपालिकाको संयुक्त आयोजनामा रम्भा गाउँपालिको हुमिनमा समीक्षा कार्यक्रम सकिएको हो । कार्यक्रममा स्वास्थ्य संस्थाका प्रतिनिधिहरुले क्षयरोग सम्बन्धी भइगरेका गतिविधिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गएको आर्थिक वर्ष २०७६/७७ मा नयाँ पत्ता लागेको क्षयरोगका बिरामी, स्वास्थ्य सस्थाबाट उपलब्ध गराइएको सेवा, बिरामीको निको हुने दर र आगामी दिनमा अपनाउनु पर्ने रणनीतिका बारेमा छलफल चलाइएको थियोे पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा संयोजक मोहनप्रसाद ढकालले जानकारी दिए ।
गत आर्थिक वर्षमा दुई गाउँपालिकामा गरी जम्मा ३९ जना बिरामीको प्रत्यक्ष निगरानी विधिबाट उपचार गरिएको थियो । पालिका भित्रका क्षयरोगीहरुको निको हुने दर शत प्रतिशत रहेको छ ।
समिक्षा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विस्वनाथ न्यौपानेले रम्भा र पूर्वखोलामा रोगीको पहिचान र उपचार प्रभावकारी भएको बताए । उनले अगामी दिनमा समेत यसको निरन्तरताका लागि आग्रह गरे ।
कार्यक्रममा पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरूले क्षयरोग संकालाग्ना साथ परीक्षण गर्ने र नियमित औषधी सेवन गरे सन्चो हुने रोग भएको बताए । उनले रोगीले नियमित औषधी सेवन नगर्दा थप समस्या आउनसक्ने भएकोले सवै यस विषयमा सचेत हुनपर्नेमा जोड दिए ।
रम्भा गाउँपालिकाका स्वास्थ्य संयोजक शिव अर्यालले क्षयरोगिको खोजी र पहिचानमा विशेष कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए । उनीहरुले बिरामीको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाच गर्नुपर्ने, तथ्यांकलाई थप व्यवस्थित बनाउनु पर्ने लगाएका विषय समीक्षामा उठेका थिए ।
कार्यक्रममा २४ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।