सिद्धार्थ राजमार्गको तानसेनदेखि बुटवल चिडियाखोलासम्म नै यात्रुले सास्ती खेप्नुपर्छ । चालकले कतिबेला यो सडक पार गर्न पाए हुन्थ्यो भन्ने हुन्छ । यो राजमार्गले सुनौलीदेखि पोखरासम्म जोेडेको छ । यही राजमार्ग भएर मुस्ता¨, बाग्लु¨, म्याग्दी, कास्की, स्या¨जा, पर्वत, गुल्मी, अर्घाखाँची लगायतका पहाडी भूःभागका सवारी साधन संचालन हुन्छन् । ती सवारी साधन संचालन गर्ने चालक र त्यसमा यात्रा गर्ने यात्रुलाई जहिले पनि सास्ती बेहोर्नुपर्ने हुन्छ । जतिबेला पनि जहाँ पनि यात्रुले भगवानको नाम जप्दै यात्रा गर्नुपर्ने हुन्छ । कतिपयले भन्ने गर्छन्, घरमाा हिसाबकिताब बुझाएर हिडनुपर्ने सडक सिद्धार्थ राजमार्ग हो । यसका विषयमा धेरै चर्चा हुने गर्छ । हरेक वर्षको सरकारको बजेटमा सम्बोधन हुन्छ । तर राजमार्गमा यात्रा गर्दा कालोपत्रे भेटाउनै मुश्किल पर्छ ।
सिद्धार्थ राजमार्गको डुम्रेदेखि गौडेपुलबीचको पहिरोले यतिबेला चर्चा पाएको छ । विगतमा कालीमाटी, सिद्धबाबा, हेडबक्स, दोभान, हिउँदेखोलाले पनि चर्चा पाएको छ । पहाडी भूःभाग र भौगोलिक अवस्था पनि उस्तै छ । माथिल्लो भिरालो भाग र जमिनको अवस्था पनि उस्तै छ । तल्लो भागका साथै माथिल्लो भागमा जथाभावी डोजर चलाउने प्रवृत्तिले पनि यसमा सहयोग पुगेका छ । सिद्धबाबा क्षेत्रमा धेरै माथिबाट पहिरो र ढुंगा खस्छ । तल्लो भागबाट माथिको भाग नै देखिदैन । तर अहिले गोैडेपुल नजिकको पहिरो भने माथिल्लो भाग देख्न सकिन्छ । तर ठ्याक्कै टुप्पोमा कताबाट खस्छ भने देख्न मुश्किल नै पर्छ ।
वर्षेनि करोडौं बजेट खर्च हुने राजमार्गका विषयलाई कसैले मतलब गरेका छैनन् । राजमार्गमा यात्रा गर्दा सधै यात्रुलाई सास्ती खेप्नु परेको गुनासो राजनीतिक दलका नेता, जनप्रतिनिधिसमक्ष नपुगेको पनि होइन । तर यसमा चासो दिँदा दिँदै पनि काम हुन सकेको छैन । जनप्रतिनधिलाई चुनाव जित्ने सडकका रुपमा परिचित भएको छ । पाल्पालीका लागि सबै भन्दा धेरै यात्रा गर्ने राजमार्ग हो । पहाड र तराई जोड्ने मुख्य मार्ग नै हो । यसको बैकल्पिक मार्गको काम पनि ढिला सुस्ती भएको छ । झुम्साबाट चरङगे जोड्ने र दोभानबाट नुवाकोट हुँदै बेलवास जोड्ने सडक निर्माणमा पनि ढिलाई भएको छ । धेरै वर्ष अघि नै कालोपत्रेका लागि टेण्डर भएको थियो । यस विषयमा सम्बन्धित सरोकारवाला निकायको चासो कहिले हुने हो ? राजमार्गमा वर्षालागेपछि सुरक्षित यात्रा गराउन र यात्रुा तथा चालकको सास्ती कम गराउनेतर्फ ध्यान पुगोस् ।