सार्वजनिक हुनु अगाडि नै चर्चामा रहेको नायक पल शाह, आकाश श्रेष्ठ र नायिका पूजा शर्मा अभिनित गीत ‘काले केटा २’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
दुर्गा खरेल र प्रताप दासको आवाज, धु्रव प्रसाद अमगाँइको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको यो गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ ।
भिडियोमा पल, पूजा र आकाश भएका कारणले पनि चर्चा बढी भएको हो । यी तिन कलाकारले पहिलो पटक एकसाथ म्यूजिक भिडियोमा काम गरेका हुन् ।
विधान कार्कीले निर्देशन गरेको यो म्यूजिक भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।