श्रीनगरको साधारण सभा

पाल्पा, श्रीनगर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन, पाल्पाको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको ।

कोभिड १९ का कारण सहकारी विभागले परिपत्र गरेको निर्देशिका र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई साधारण सभा गरिएको हो ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले श्रमिक, मजदुर र न्यून आय भएका नागरिकको जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले सहकारीको मर्म अनुसार हुने खानेलाई भन्दा हुँदा खानेको जीविका बढाउने खालका कार्यक्रम संचालन गर्न आग्रह गरे । अप्ठयारो परिस्थितिबाट स्थापना भएको श्रीनगर सहकारी उद्देश्य अनुरुप लक्ष्य हासिल गरेको बताए ।

कार्यक्रममा तानसेन नगरपालिकाका सहकारी विभाग प्रमुख दुर्गाबहादुर थापाले वर्तमान कोरोना माहामारीको अवस्थामा सहकारीले युवा रोजगार प्रवर्धन र गरिवी निवारणका कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताए ।

सभामा सहकारीका सचिव भरत शर्माले गएको आर्थिक वर्षको अन्तसम्ममा एक हजार ८ सय सेयर सदस्य रहेको जानकारी दिए । यसका साथै गत वर्ष ८२ लाख ३७ हजार आम्दानी र ७६ लाख ३ हजार खर्च रहेको समग्र प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सभामा संस्थाका कोषाध्यक्ष वेदराम श्रीसले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका सयोजक मधुकर काफ्लेले लेखा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।

सहकारीका अध्यक्ष मेघराज शर्माको अध्यक्षतामा भएको साधारण सभाा उपाध्यक्ष झपेन्द्र गहिरे र सेयर सदस्य वुद्धिप्रसाद शर्माले मन्तब्य व्यक्त गरेका थिए ।

सम्बन्धित खवर