
सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडकखण्ड सोमबार बिहानदेखि आगामी अशाेज २९ गतेसम्म मर्मतका लागि बन्द हुने भएको छ ।
सो राजमार्गको चिडियाखोलादेखि बर्तङ्गसम्मको सडक मर्मतका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक ३ घण्टा सडक पूर्ण रुपमा बन्द गरिने सडक डिभिजन पाल्पाले जनाएको छ ।
राजमार्गको अधिकांश स्थानमा पहिरोका करण सडक एकतर्फी भएको हुँदा सवारीलाई पूर्ण रुपमा आवागमन बन्द गरेरै पहिरो पन्छाउने काम गर्न लागेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।
चार्डपर्व नजिकिदै आएको समयमा राजमार्गमा हुनसक्ने दर्घटनालाई न्यूनिकरण गर्दै सवारी संचालनमा सहज गराउनका लागि सडक मर्मतको काम गर्न लागिएको हाे ।