
पाल्पा। नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्रबाट प्रशारण हुने विद्युत सेवा शनिबार दिनभर अवरुद्ध हुने भएको छ ।
बुटवल-पाल्पा प्रशारण अन्तरगत ३३ केभी विद्युत लाइनको वरपर रहेका रुखका हाँगा कटानका लागि शनिबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा बन्द रहने पाल्पा वितरण केन्द्रले जनाएको छ ।
पाल्पा वितरण केन्द्रका प्रमुख सुशिल पौडेलका अनुसार दिनभर विद्युत सेवा बन्द रहेपनि बजार, पूर्वी तथा पश्चिम फिडरमा वैकल्पिक रुपमा विद्युत प्रशारण गर्ने प्रयास रहने छ ।
शनिबार सरकारी कार्यालय तथा सबै संघ संस्थाहरु बन्द रहने हुँदा पनि सोही दिनमा बुस्ट कटिंङ्को काम गरिएको पाल्पा वितरण केन्द्रले जनाएको छ ।