बजार खुल्यो व्यापार शुन्य

पाल्पा, नेपालीहरुको महान पर्व विस्तारै नजिकिँदैछ । यस वर्ष कोरोना भाइसर संक्रमणले नागरिकमा चार्डपर्व उत्साहका साथ मनाउने तयारी छैन् ।

सरकारले संक्रमण रोकथामका लागि भन्दै गएको चैत्र ११ गते देखि गरेको लकडाउन र स्थानीय सरकारले प्राप्त अधिकारपछि भएको निशेधाज्ञा खुलेको बजारमा मानिसको चहल पहल देखिएपनि व्यापार भने नभएको व्यापारीको गुनासो रहेको छ ।

तानसेन लगायत स्थानीय तहको केन्द्रमा व्यक्तिहरुको चहलपहल भएपनि खरिद बिक्री तुलनात्मक रुपमा कम रहेको व्यापारी रवि विष्टले बताए ।

जिल्ला सदरमुकाम तानसेनमा दैनिक उपभोग्य बस्तुहरु खाद्यान्न, तरकारी पसलमा उपभोक्ताको खरिद विक्रिका लागि चहलपहल भएपनि अन्य फेन्सी, होटल तथा रेष्टुरेन्ट लगायतका फर्म भने शुन्य रहेको पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवि पोखरेलले बताए ।

नेपालीहरुले पर्वमा विशेष खर्च गरी मनाउँदै गर्दछन् । विजया दशमी राम्रो लगाउने मिठो खाने चार्र्डका रुपमा लिइन्छ । जसले गर्दा नयाँ कपडा किन्ने, घर लिपपोत गर्ने, खाद्यान्न खरिद गर्ने परिपाटी अनुसार यतिबेला उपभोक्ता खरिदका लागि व्यापारिक केन्द्रमा पुग्ने, भीडभाड हुने गर्दा व्यापारीहरुको व्यापार अन्य समयको तुलनामा अधिक हुने पाल्पा उद्योग वाषिज्य संघका पूर्व अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए ।

तर, उनका अनुसार यसवर्षको अवस्था विगतको वर्षको जस्तो नरहेको उनको भनाई छ । यसवर्ष व्यापारीहरु उत्साह हुन त परै जावस मासिक भाडा कसरी तिर्ने भन्ने चिन्तामा रहेको अध्यक्ष श्रेष्ठ बताए । उनका अनुसार होटल तथा रेष्टुरेन्टको अवस्था झन कम्जोर बनेको बताए । बन्दाबन्दीका कारण सिमित कामदारबाट संचालन गरिएको व्यवसाय समेत संकटमा रहेको छ ।

करोडौं रुपैयाँ लगानी गरी खोलेको व्यवसाय कर्मचारी पाल्न सकेत नसक्ने अवस्था रहेको संचालकको भनाई छ ।

विश्वनै कोरोना भाइरस संक्रमणका कारण अस्तव्यस्त बनेको अवस्थामा व्यापार राम्रो भएन भन्ने अवस्था नरहेको व्यापारीहरुको भनाई छ । सरकारले गरेको बन्दाबन्दीको अवस्था हटाउने निर्णय गरेपनि सर्वसाधारण सहज रुपमा नहिडेको व्यापारीहरुले बताए ।

उनीहरुले अतिआवश्यक बस्तु तथा सेवा बाहेक अन्य कुरा उपभोक्ताले खरिद नगरेको र वित्तिय संस्थामा अलि बढी भिड देखिएको बताए ।

विगतका वर्षहरुमा चार्डपर्व भित्रियसंगै व्यापार बढ्ने गरेको भएपनि अहिले अवस्था त्यस्तो नरहेको फेन्सी पसल संचालक रामजी ढुंगानाले बताए । उनले कोरोना त्रासले ग्रामीण क्षेत्रबाट मानिसहरु खरिद गर्ने उद्देश्यले बजार नआएको बताए । धेरै लामो समयसम्मको बन्दाबन्दीका कारण बजार खुलेकोले चहलपहल देखिएपनि कारोवार नरहेको उनको भनाई छ ।

कोरोना भाइरसका कारण लामो समय बन्दाबन्दीको अवस्था भयो । जसले गर्दा व्यापार व्यवसाय गर्ने मर्कामा परे । बजार खुलेपछि राहत होला भन्ने आशमा हरेका व्यापारीहरु चहलपहल बढेपनि व्यापार नहुदाँ थप चिन्तामा परेका छन् ।

बन्दहुँदा साहुले खासै मतलव नगरेपनि खुलेपछि वहाल माग्न थालेको तर दैनिक रुपमा व्यापार नहुँदा तिर्न समस्या रहेको व्यापारीको भनाई छ । अवस्था समान्य रहेमा आर्थिक कारोवार बढ्दै जाँदा सबैखाले कारोवार मिलाउन सहज हुने उनीहरुको विश्वास छ ।

सम्बन्धित खवर