
पाल्पा, २१ माघ । पाल्पापाल्पा, २१ माघ । पाल्पाको निस्दी गाउँपालिका ७ गुरुङ्डाँडामा बस र ट्रिपर आपसमा ठोक्दिा १३ जना घाइते भएका छन् । आज दिउँसो रामपुरबाट नवलपुरको दुम्कीबास तर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको बसले रोकिराखेको ना ८ ख ४२ नम्बरको टिप्परलाई ठक्कर दिदा बसमा सवार १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी घाईते हुनेमा पूर्वखोला गाउँपालिका १ सिलुवाका २९ वर्षीय बस चालक लिल प्रसाद श्रेष्ठ, रामपुर नगरपालिका ७ का ४५ वर्षीय दिननाथ पासवान, नवलपरासी सुनवल गाउँपालिका ४ का ३४ वर्षीय जीवन श्रेष्ठ, सोही स्थानकी ४० वर्षीय छेकन राम, नवलपुर विनय त्रिवेणी नगरपालिका ४ का ६० वर्षीय खोमी कुमारी चिदी रहेका छन् । त्यस्तै निस्दी गाउँपालिका ४ का ४५ वर्षीय ताम बहादुर गाहा, सोही स्थानकी ४६ वर्षीय थामी सरा गाहा, ३५ वर्षीय तेजमाया सोमै, नवलपुर मध्यविन्दु नगरपालिका १५ का ५५ वर्षीय नारायण वास्ताकोटी, नवलपुर मध्यविन्दु नगरपालिका १० की ७५ वर्षीय रुपा थापा, पाल्पा रामपुर नगरपालिका ५ की ३६ वर्षीय निरमाया केसी, रामपुर नगरपालिका ९ का ५५ वर्षीय विष्णु पराजुली र कावासोती नगरपालिका १४ का ५५ वर्षीय प्रकाश वास्ताकोटी रहेका छन् । घाईतेको स्याङ्जा पोलिकिल्नि अरुणखोला नवलपुरमा उपचार भइरहेको र उनीहरुको अवस्था अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।