
पाल्पा, माघ १८, पाल्पाको तानसेन नगरपालिका स्थित राईडाँडा भन्ने स्थानमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटवलबाट पोखरा तर्फ जादै गरेको ग १ ख ४५३४ नम्बरको बसले आज दिउँसो सडकमा काम गरिरहेका रुपन्देही सैनामैना ८ का २७ वर्षीय सोनु विकलाई ठक्कर दिदा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।