पाल्पा, २०६८ साल साउन २२ गते अपहरणमा परी वेपत्ता पारिएको पूर्वखोला गाउँपालिका २ जल्पाका किशोर न्यौपाने विगत ७ वर्षदेखि वेपत्ता छन् । घरपरिवारले प्रहरी प्रसाशन, मानव अधिकारकर्मी, नागरिक समाज, पत्रकार लगायतका हरेका निकायमा छोराको खोजीका लागि हार गुहार गरेपनि त्यसको सुनुवाई भएको छैन् । अहिले किशोरका परिवार त्यो पिडाले अर्ध पागल जस्तै बनेका छन् । किशोरका बुवा राम प्रसाद न्यौपानेले किशोर अपहरणका प्रमाणहरु आफूसँगै बोकेर हिड्छन् सवारोकार वाला निकायहरुलाई देखाउछन् तर त्यसको खोजीका लागि कही कतै सुनुवाई समेत नभएको बताउछन् । नेपालमा हरेक किसिमका ऐन कानुनहरु बनेका छन् तर दिन दुःखी हामी जस्तो पीडकको पक्षमा कानुन बनेको रहेनछ त्यो अनुभुती भएको छ बुवा रामप्रसाद न्यौपानेले भने । मेरो छोरा अपहरण गरी बेपत्ता पारिनुमा ठूलो संजाल छ, त्यो संजालबाट प्रहरी प्रशासन डराएर पछि हट्यो म एक्लैले के पो गर्न सक्छु र आशु पुछ्दै रामप्रसाद दुखेसो पोखे । छोरा पढे लेखेको मोवाई फेसबुक चलाउन जान्ने सक्ने थियो कतै जीउदो भएको भए कहिन कहिबाट सम्पर्कमा आउथ्यो रामप्रसादले रुदै भने नेपालमा सरकार छ भने मलाई छोराको कित लास चाहियो कि सास चाहियो ।…
यस विषयमा प्रहरी प्रसाशन के भन्छ ? मानव अधिकारकर्मीहरु के भन्छन ? पत्रकारको बुझाई के छ ? नागरिक समाज के भन्छन् ? कहाँ छन् किशोर न्यौपाने हामी यसको निरन्तर फलोअपमा छौ पाल्पा खबर हेर्दै गर्नुहोला ?
यस विषयमा जीवलाल सुवेदीले किशोरका बुवा रामप्रसादसँग गरेको कुराकानीको सार संक्षेप भिडियो सहित
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer