नेपाल मगर संघ माथागढी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न

विक्रम बारघरे,  पाल्पा, माघ ५  नेपाल मगर संघ  माथागढी गाउँपालिकाको प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ ।

 कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपाल मगर संघ पाल्पाका सचिव तेज घर्ती मगरले मगर संघ कुनै जाती  विरुद्ध नभई मगरहरुको हकहितका लागि स्थापना  भएको बताउनुभयो । कार्यक्रममा नेपाल मगर भूपु  सैनिक तथम प्रहरी प्रदेश न ५ का संयोजक लालमनी पुन जिल्ला सदस्य ताराप्रसाद राना लगायतले वोल्नुभएको थियो । अधिवेशनबाट निर्वाचित नया कार्य समितिलाई वडा न. ४ का वडा सदस्य भेष ब। थापाले बधाई दिदू आफुहरुको सक्दो सहयोग गर्ने बताउनु भयो ।  माथागढी गाउपालिकाको झडेवामा भएको अधिवेशनमा  शंकर दर्लामीको अध्यक्षतामा गाउपालिका स्तरिय  नया कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा सुसिला राना, सचिवमा विक्रम बारघरे, कोषाध्यक्षमा किसान थापा , सहसचिवमा भेत ब. राना साथै खुमन थापा , वीर ब. बारघरे, अम्मर ब. बराल, चोला ब. राना, प्रेम ब. राना, नुर ब. सारु, हुम ब. राना, अम्मर ब. दिशा, दल ब. आले, सम्मर ब. राना सदस्यमा रहनु भएको छ।   वडा न. ४ का वडा सदस्य भेष बहादुर थापाको अध्यक्षता साथै मगर संघ पाल्पाका जिल्ला सचिव तेज घर्ती मगरको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय