
हिमाल बयाम्बु
पाल्पा, ५ माघ । नेपाल मगर संघ पूर्वखोला गाउँपालिका पाल्पाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रबार पूर्वखोलामा भएको अधिवेशनबाट खुम बहादुर पाटा अध्यक्षमा निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा भिम बहादुर जर्घा, सचिवमा खेमबहादुर हिस्की, कोषाध्यक्षमा भगवती राना, सहसचिवमा मिना सारु, सह अध्यक्षमा नुन बहादुर थापा चयन हुनु भएको छ । सदस्यमा पूर्ण बहादुर गाहा, छेम बहादुर ठाडा, सुरज सिंजाली, प्रेम बहादुर थापा, रिमा खाम्चा र रुमी सरा दिसुवा चयन हुनुभएको छ ।