देशले संघीयता थेग्न सक्दैन : कुवंर

राष्ट्रिय प्रजातान्त्रिक पाटीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला अध्यक्ष डुल बहादुर कुवंर संग जीवलाल सुवेदीले लिएको अन्तर्वार्ताको सार संक्षेप :

तपाई राष्ट्रिय प्रजातन्त्र पाटीमा आवद्ध भएको कति वर्ष भयो ?
– राष्ट्रिय प्रजातन्त्र पाटी २०४८ सालमा स्थापना भएको हो । म यो पाटीमा स्थापना काल देखि लागेको स्थापक हुँ । यो जिल्लाको संस्थापक सदस्य पनि हो त्यो अनुसारले म स्थापनक काल देखि नै सक्रीय छु ।
यो राप्रपा राष्ट्रिय प्रजातन्त्र पाटी जुन तपाईको पाटी छ नि यो पाटी खास निरङ्कुस तिर धेरै जोडिएको देखिन्छ के हो यो कुरा सत्य हो ?
– त्यस्तो होइन यो पाटी राष्ट्रियता प्रजातन्त्र र उद्दारवाद मुख्य रुपममा तीन वटा कुरालाई मनन गरेर यो पाटी स्थापना भएको हो । मुल गरेर यो पाटी देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यले स्थापना भएको हो । यो भूमिका पनि पाटीले निर्वाह गरेको छ । २ पटकसम्म त यो पाटीका प्रधानमन्त्री समेत भइसके । यो स्थापना भएपछि मन्त्री त अनगिन्ती नै भए ।
त्यसो हुँदा यहाँको संविधान नियम कानुनको आधारमा ४६ सालको जो नयाँ संशोधित संविधान हो त्यो परिर्वतन पछिको सुरुमा त्यही संविधान अन्तरगत रहेर पाटी स्थापना भएको हो ।
तपाईले राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट पाल्पा जिल्लामा चुनाव लड्नु भयो कि भएन ?
– म संविधान सभामा पनि चुनाव
लडे । संविधान सभाको चुनावमा हामी पनि सहभागी हुनु पर्छ भनेर चुनावमा लडे ।
जनताले मत दिए त ?
– जनताले मत त दिन खोज्ने केही जनताले दिए पनि । तर के हो भने त्यतिवेलाको एउटा परिर्वतनको सन्दर्भमा काँग्रेस र एमालेको राजनीतिक परिर्वतनको भूमिका बढी छ भन्ने मान्छेले आन्दोलन पनि गरे त्यो हिसावले देश व्यपी रुपमै दैवी तेस्रो शक्तिको रुपमा हामीलाई स्थापना गरेको थियो ।
तेस्रो शक्ति त हो तपाईहरुलाई खास एक्दमै राजावादी भनेर जनताले नपत्याएको अवस्था हो की ?
– होइन । राजावादी भनेर यो पाटीले राजालाई आफ्नो मेनु लिष्टमा राखेर हिडेको छैन । तर के भने राजा मान्य मान्छेहरु राजा श्रद्धा गर्ने मान्छेहरु यो पाटीमा नभएका होइनन ।
श्रद्धा गर्ने मान्छेहरु पनि छन् । मुख्य गरेर त्यतिवेलाको परिस्थितिमा राजा कमजोर भएको अवस्था पनि देखिन्छ । राजा चुप्प बसेकै कारणले अहिलेको परिस्थितिमा आङ्कलन गर्ने हो भने हाम्रो मेनु लिष्ट नभएपनि अहिले सर्वसाधारणमा अहिलेको सरकार भन्दा राजानै ठिक भन्ने सोचाई पनि पलाएको छ ।
…त्यो त भन्छन् फेरी क्रान्तिकारी विचारहरुलाई मात्र भोट दिन्छन तपाईहरुलाई दिदैनन् के हो ?
– यो भोट भनेको के हुन्छ भने अहिलेको सन्दर्भमा राजालाई एजेण्डा बनाएर हिड्ने कुुरा आएको थिएन । अब हामी त्यसको राजनीतिलाई विवादमा राखेर एउटा राजाको नाम भोट मागेका छैनौ । हामीलाई आस्था राख्ने मान्छेले भोट दिन्छ । तर के भने यो राजाको पाटी हो हामीलाई भोट हाल्नु भनेरहामी अहिले सम्म हिडेका छैनौ ।
तपाईको पाटीले अहिलेसम्म देश भरीमा अत्यन्तै राम्रा काम गरेको विषयहरु के के छन् ?
–मुख्य गरेर के छ भने नेपालमा यो राष्ट्रियताको सवालमा धर्मको बारेमा हिन्दु धर्म नेपालको संविधानमा उल्लेख रहनु पर्छ भनेर हाम्रो पाटीले संसदमा पनि आफ्नो कुरा राखेको थियो । संविधानले लेखन हेर्दा के छ भनि बहुमत र अल्प मतले ताली बजाएर यो संविधानलाई पारित गरिएको हो ।

?????????????

तर मुख्य कुरा के छ भनि यदी जनताको भावना अनुसार जनताले दिएका सुझावहरुलाई मनन गरेर अगाडि बढेको भए हिन्दु धर्मको बारेमा सुझाब दिनेहरु ९० प्रतिशत थिए । तर के भने त्यो कुरा उनीहरुले सुनेनन् । आफ्नै पाटीको कर्यकर्ताले भनेको पनि सुनेनन् त्यो कुरा मान्छेले अहिले आएर महसुस गरेका छन् । के अब नेपालमा विभिन्न खालका जो धार्मिक समस्याहरु देखिन थालेका छन् त्यसको बारेमा त के हुन्छ पछि समय देखाउछ । त्यो पनि के छ भने एउटा देशमा मिलेर बसेका जातजाती भाषा भाषी विभिन्न धर्मलम्बीहरु मिलेर राष्ट्रिय एकता कायम गरेर बस्नु पर्छ भन्ने हाम्रो पाटीको सुरु देखिको भुमिका हो ।
तपाई अहिले तत्कालै सोच्दा अहिलेको जुन नेकपाको सरकार छ नेकपाको सरकार र क्रिसियनहरु मिलेर होटेलमा बसे भन्ने बाहिर व्यापक रुपमा आइरहेको छ र नेपाल सरकार क्रिसियन पनि बनिसक्यो भन्ने आएको छ, यो के हो ?
– यसमा हाम्रो पाटीले वक्तव्य दिइसकेको छ । सरकार त्यसरी कुनै धर्मको पक्षमा आयोजक बनेर बोल्नु मिल्दैन गल्ती त्यहाँ भएको छ । हिन्दु धर्मलम्बीहरुले पनि भेला गरे भने प्रधानन्त्री गएर शुभकामना दिन मिल्छ तर खर्च पर्च सबै बेहोरेर त्यसको आयोजक बनेर सरकार एउटा धर्मलाई संरक्षण गर्ने होइन । सरकार अलिकति स्वतन्त्र देखिनु पर्छ त्यो खालको देखाउन नसक्नु को कारण यो संविधान निर्माण गर्दा केही चलखेल भएको रैछ भन्ने कुराको अहिले आएर धेरै लामो समय देखि पुष्टि भएको छ ।
चलखेल मात्र कि अरु धोस्त हुने सम्भावना ?
हैन यो हिसावले त के देखियो भने नेपालमा कुनैपनी धर्म लाई सरकारले बरावर प्राथमीकता दिएको मान्यता गरेको त्यसको देखियो त्यसो हुदा खेरी अहिले सरकारले आफ्नो पार्टिको नेताहरुले गर्न नहुने काम गरे भनेर कुरा उठाईरहेका छजन्, तर हामीले उठाउको छैनौँ बरु उनिहरुकै पाटिकाले उठाईराछन् ।
धर्मको बिषयमा हामीले थोरै चर्चा गरीयो अव वास्तविकतामा तपाईको पार्टि तिर फकौँ, यो बेलाबेलामा जुट्ने फुट्ने के हो यसको वास्तविकता ?
अव यो जुन हुन नपर्ने हो त्यहि खालको चाहि पार्टिमा केन्द्रिय तहका नेताहरुमा अलिकती पार्टीलाई जुन तरीकाले हिडाल्न सक्नुपर्ने थियो त्यो तरीकाले हिडाल्न नसकेको देखिन्छ । हामीले धेरैनै यसको बारेमा समिक्षा पनी गरिसकेका छौँ र अहिले पछि फेरी पार्टीमा मिल्ने भन्ने कुरा चल्यो र अहिले रोकिएकिको पनि छ ।
मिल्ने भन्ने को को संग ?
हामी राप्रपा, प्रजातान्त्रीक, राष्ट्रिय प्रजातान्त्रिक र पाटीको कमल थापाले नेतृत्व गरेको र एकिकृत राप्रपा राष्ट्रवाद भन्ने प्रकाश चन्द्र लोहनीले नेतृत्व गरेको जो अहिले तिन वटा छ यो जिल्ला जिल्लाबाट अहिले मिलेर जानुपर्छ भन्ने भावना राखिएको छ । नेताहरुमा के छ भने अव मिल्दा खेरी कहिले पनि नफुट्ने गरी मिल्ने भनेर यो सल्लाह भईरहेको छ ।
यो पक्का हो, अव फेरी मिल्ने फेरी फुट्ने त हुदैन ?
अव त्यस्तो हुँदैन, त्यो त पछिको कुरा हो । के छ भने नेपालमा पार्टीमा विभिन्न खालका मान्छेहरु हुन्छन्, त्यसमा अव नेताहरुले जो धेरैजसो सत्तामा पुगिसकेपछि मात्र पाटी फुटेको छ ।
यो कम्युष्ट र जुन पाटीको सरकार यसलाई अहिले दुईवटा कम्युनिष्टहरु मिलेर व्यक्त भएको छ, नेकपा भनेर आफ्नो ऐमाले नि छोड्यो, माओवादी नि छोड्यो । यस विषयमा तपाईलाई के जानकारी छ, पार्टी यतिकै जुट्छ र फेरी फुट्छ ?
अब हाम्रो चाहाना त नफुटे हुदोहो भन्ने पनि छ तर के हो भने अहिले देखिएको अवस्था हेर्दा यो पाटी कुन तरिकाले जान्छ भन्ने खालको अहिले अन्यौल पनि छ । अव जो सत्तामा सत्ताको नेतृत्व गरीरहेको हुँदा खेरी नेपालमा कुनैपनि राजनीतिक दल सत्ता भन्दा बाहिर हुँदा फुटेको छैन ।
त्यो कारण के हो, आर्थिक हो ?
चाहे नेकपा होस्, चाहे कांग्रेस होस् चाहे राप्रपा होस् यो सत्तामा गइसकेपछि त्यसको मान्छे राख्ने, मेरो मान्छे राख्ने, मेरो मान्छे मन्त्री भएन, तेरो मान्छे मन्त्री भएन, त्यो हिसावले जो पाटीगत पाटीभित्र आफ्ना आफ्ना समुहहरु छन् । यि समुहका मान्छेले सबैले ठाँउ पाउदैनन् । त्यसपछि पाटीभित्र हलचल आएपछि जहिले पनि देखिन्छ । त्यसो हुँदा सत्तामा गइसकेका पाटीहरु नेपालमा जनताहरुलाई विश्वास दिलाएर काम गरेको अवस्था पनि देखिन्न । सत्तामा गइसकेपछि सत्तामा जानुभन्दा पहिला ठुलाठुला कुरा गरेर सत्तामा जाने त्यसपछि काम नगर्ने जुन प्रचलन छ त्यहि रोग नेकपामा पनि देखिएको छ, यो बिस्तारै समय संगै परिवर्तन हुँदै जान्छ ।
नेपाली कांग्रेसका नेता गगन थापा नेपाल अहिले ठुलै युवा नेता मानिन्छन् उनले अहिले आएर के भनेका छन् भने, यो महंगो राष्ट्रपाटी भन्दा राजा नै ठिक छ, तपाईको पाटीको तर्फबाट काँग्रेस संग मिलेर अनि राजा ल्याउने काम त हुन्न ?
– पाटीले राम्रो संग काम गरेको भए राजा बिकल्पको रुपमा आउने थिएन । नेता र पाटीले धेरै अवसर पाए तर उनीहरुले राम्रो काम नगरेका कारण नेपालमा यो भन्दा त्यो पार्टी विषेक छ नि भन्ने ठाँउ छैन ।
कुन पाटी विषेक जस्तो लाग्छ त तपाईलाई नेपालमा ?
विषेक त पाटी हेर्दा मधेशी दलहरु पनि त्यस्तो मधेशको हितमा लागेर नेतृत्व गरेर जनतामा लोकप्रीय भएको देखिएन । अव कांग्रेसले पनि धेरै लामो समयदेखि नेपालमै सत्ता आफ्नो हातमा लिएर काम गरिर्यो । अहिले यसको विकल्प यो दलको हो भनेर मान्छे दलको चिनारी प्रति जनताको ध्यान छैन ।
जनताले दिएका प्रतिक्रिया, जनताले दिएका कुराकानीहरु हेर्दाखेरी यसमा के देखिन्छ भने यसको विकल्प नेपालमा त्यो राजनीतिक अवस्था यसले दिएकोे भुमिका र यो देश निर्माणको जुन भुमिका छ नि, पृथ्वी नारायण शाहले निर्माण गरेको जुन देश थियो त्यो देशमा संस्थाले केही पनि गरेको छैन । मान्छेले मुल्यांकन गर्दै जाँदा अहिले चाहि राजाको महसुस गर्न थालेका छन् ।
त्यहि त, अहिले नेपाली जनताले भन्ने गर्छन् हिज राजाले बनाएका जुन संरचना छन् ति संरचना हेर्दै हिड्न पर्ने अहिलेका चाँही गफ मात्र गर्ने, वास्तवमा केही जाँदैन भन्ने छ, के छ तपाईको विचार ?
मुख्य गरेर के छ भने नेपालको आर्थिक अवस्था कमजोर छ । आर्थिक उन्नती भनेर अहिले कुरा भइरहेको छ । यसको निम्ती चाहिने पुर्वाधारहरु उद्योग धन्दाको स्थापना त्यो तर्फ हेर्नुस । त्यँहा भएका उद्योगलाई बेचेर खाने । नयाँ स्थापना गर्ने भन्ने त सोच नै छैन । देशलाई चाहिने उद्योग बेचेर खाने यस्तो अहिलेको अवस्थामा भइरहेको छ ।
कुन पार्टीका नेताहरु छन त ?
– उद्योग धन्दामा निजिकरण गरेर सबै खत्तम त भैसक्यो नि । हेर्नुस न काठमाण्डौँ, गैँडाकोटको कागजकारखाना त्यसलाई चाहिने कच्चा पदार्थ भारतबाट ल्याउनुपर्छ । भन्ने गराए । हरेक उद्योग नेपालमा े फस्टाएर जाने हो भने रोजगारका अवसरहरु पनि हुन्थ्यो ।
जनताले अब राणा शासन आयो भन्दै कराएका छन् तपाइको पाटीले साथ दिन्छ ?
– यो संविधानको नियम अनुसार यो पाटी स्थापना भएको हो । हामी राजालाई साथमा राखेर हिड्ने हाम्रो सोचाई छैन । अबको विकल्पको पाटी भनेर हाम्रो पाटी हो भन्ने खालको जनतामा छाप परिसकेको छ । अहिलेका नेताहरु महङ्गा भए । राजाले नेपालको २४० वर्षको राजनीतिक इतिहासमा औषधी उपचारमा २ करोड रुपैयाँ मात्र खर्च गरेको छ । अहिले एउटै व्यक्तिले १८ करोड खर्च गरेका छन् । केही महत्वपूर्ण मान्छेहरुको उपचार खर्च गर्नु स्वभाविक हो । तर देशलाई नै टाट पल्टाउने गरी सबै औषधी उपचारमा खर्च गर्नु राम्रो हाईन । नेता जति सबै विरामी हुने उपचारका लागि स्वदेशमा नगर्ने विदेश जानु पर्ने अहिले दुई चार वर्षको विचको अन्तर हेर्ने हो भने त्यस्तो किसीमले राष्ट्र निखारिदै गएको छ ।
तपाईको यो पाटी प्रधानमन्त्री हुँदा यस्तो काम भयो कि भएन ?
– हामी सत्तामा हुँदा यस्तो गरिएन । आर्थिक सहयता पनि लिइएन । मन्त्रालयमा इमान्दारी पूर्वक काम गरियो ।
तपाई पाटीको जीम्मेवार नेता भएको हुँदा एउटा प्रश्न सोध्छु जुनसुकै नेतामा पनि आर्थिक आम्दानी हुने स्रोत देखिन्न तर जिल्लाका महङ्गा होटलमा छाटपाट बनेर हिडिरहेका देखिन्छन नि यो कसरी आउछ पैसा ?
– यो कुरा के हो भने जो जो हिडेका छन् नि तिनीहरुलाई सोधे थाहा हुन्छ । म त्यसरी पनि हिडेको छैन । मेरो मोटर साईकल पनि छैन जहाँ गएपनि सर्वसाधारण जस्तै धुलो खाँदै हिड्ने हो । सत्तामा पुग्ने भनेको पैसा कमाउनकै लागि हो । अहिले तल देखि माथि सम्म भट्राचारै छ । अहिले तलसम्म आउदा मान्छेको यो बेला केही न केही कमाउनु पर्छ त्यसैमा पहल गर्छन । त्यो हिसाबले गर्दा जनताले यो संघीयताको कार्यान्वयनको अवस्था हेर्दा संघीयता पूर्ण रुपले कार्यान्वयन भयो भने नेपालका नेताहरु यहाँ नेपालमै बस्न सक्दैनन् ।
यो संविधानलाई पूर्ण रुपले कार्यान्वयन गर्ने हो भने नेपालका नेताहरु सुरक्षा नलिइकन हिड्न सक्दैनन । जनताले उनीहरुलाई लखेट्ने स्थिति आउछ । अहिलेको संविधान पूर्ण रुपले कार्यान्वयन गर्दा नेपालका नेताहरु नेपालमा बस्न सक्दैनन् भाग्नु पर्ने स्थिति आउछ ।
यस्तो कुरा तपाईहरुले बाहिर किन ल्याउनु हुन्न ?
– हामीले यसको बारेमा भनिरहेका छौ । तर के हो भने नेपालमा संघीयता महङ्गो व्यवस्था रहेछ । पहिला गाविस, जिविस थियो । गाविसमा सिधै योजना छनोट हुन्थ्यो । बजेट त्यही जान्थ्यो । त्यहाँ सबै मानिसहरु बसेर निर्णय गर्ने, परिषद हुने सबै जनताले योजनाका बारेमा थाहा पाउने हुन्थ्यो । अहिले यो संघीयतामा जनताले योजना परेकै थाहा पाउदैनन ।
भनेपछि यो संघीयता ठिक छैन ?
– संघीयता नेपालका निम्ती पहिलो अभ्यास हो । यो नेपालमा हेर्नका लागि लिएर आइएको हो । संघीयता यहाँका जनताले मागेर आएको पनि होइन । नेपालमा अरु कसैले तिमीहरुले सिक संघीयता भनेर बाहिरबाट पठाइदिएका हुन ।
यो भन्दा ४८ सालकै संविधान राम्रो लाग्यो ?
– त्यो संविधान धेरै राम्रो छ । त्यसमा जनताका भावनाहरु धेरै समेटिएका छन् । अहिले कर्मचारी समायोजनको विषयमा सबै कर्मचारी सरकारका विरुद्धमा माइती घर मण्डल उत्रिएका छन् । कर्मचारीले पनि यिनीहरुलाई साथ दिन छोडे ।
यसरी सरकार टिक्छ त ?
– यो सरकार त यसरी चलेकै छैन नि । यो त त्यसरी चल्दै चल्दैन । यस्तो हालतमा सरकार चल्नै सक्दैन ।
भने पछि केपी ओलीको यो सरकार चल्दै न हो ?
– पक्का हो चल्दै चल्दै न ।
अब जिल्ला भित्रका कुरा गरौ तपाई पटक पटक जिल्ला विकास समितिको सभापति बन्नु भयो त्यो बेलामा तपाईले गरेका कामका बारेमा बताइदिनुस न ?
– म ४८ सालको स्थानीय तहको पहिलो निर्वाचनमा जिल्ला विकास समितिको सदस्य पनि थिए । निर्वाचन पछि नेपाल सरकारले मनोनित गरेर सभापति पनि भए ।
त्यतिवेला सेर बहादुरले मनोनित गरेर जुन विकास निर्माणका काम कुराहरु, जनताका समस्याहरु छोटो समयमा पनि मैले निश्चित रुपमा सुरक्षित तरिकाले जनताका माग संकलन गरेर जनताका आवश्यकता अनुसार काम गरे । त्यो हिसावले एक्दमै पारर्दशी तरिकाले चार पैसा तल माथि नगरी काम गरे । जिल्ला विकास समितिमा हुँदा एक पटक त घुस खाएको पैसा समेत फिर्ता गराए । यो संघीययता भन्दा पनि आफ्नो मतलवको लागि कार्यकर्तालाई बस्न बजेट ल्याइए जस्तो भनिन्छ नि ?
– बजेट त के छ भने यसले दिने कार्यक्रम के हो यसले के असर गर्छ यसबाट रोजगारीका अवसरहरु कसरी सृजना हुन्छ रोजगारका अवसरहरु कति दिन सकिन्छ यो स्पष्ट छैन । अहिले हरेका योजनाहरु अस्तव्यस्त अवस्थामा पुगेका छन् । कुन योजना कसले हेर्छ भन्ने पनि किलियर छैन त्यो अवस्थाले गर्दा पाल्पा जिल्लाको समग्र विकास निर्माणका काममा धेरै असुविधा भएको छ । भएका कार्यालयहरु कति प्रदेशबाट, कति केन्द्रबाट हेर्ने भएका छन् । कतिपय यहाँ नभएर गुल्मी पुगिसकेका छन् त्यो हिसाबले गर्दा मान्छे अन्यौलको अवस्थामा छन् ।
अन्यमा मलाई आफ्नो विचार राख्ने अवसर दिनुभयो त्यसका लागि धन्यवाद

सम्बन्धित खवर