पाल्पा, २ माघ । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्र धाममा माघे संक्रान्ति मेला सुरु भएको छ । नेपालको चार धाम मध्यको एक धामको रुपमा रहेको यस क्षेत्रमा दर्शनार्थीहरुले माघे संक्रान्तिका दिन कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेशव मन्दिर दर्शनका लागि भक्तजनहरु पपपुग्ने गर्दछन् । तीन दिनसम्म लाग्ने मेलामा नेपालका विभिन्न जिल्लाहरु सहित भारतबाट समेत भक्तजन आउने गरेका छन । मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा माघे संक्रान्तिमा नुहाउने गर्छन् । सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा साक्षात् भगवान ऋषिकेशवको मूर्ति फेला पारेको किम्वदन्ती रहेको छ । अघिल्ला बर्षहरुमा जस्तै यस वर्ष पनि रिडिमा पाल्पा र गुल्मीमा छुट्टा छुट्टै साँस्कृतिक कार्यक्रम राखिएको छ । मेलामा विभिन्न स्थानबाट आएका व्यापारीले उखुबाट बनाइएको गुँड, खुदो, चाकु र स्थानीय उत्पादनका स्टल राखेका छन् । संक्रान्तिको अवसरमा व्यापार गर्न पाल्पा सहित छिमेकी जिल्लाहरु बाग्लुङ्ग, रूकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री सहित व्यापारीहरु रिडीमा आएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer