लगातारको खोकी क्यान्सरको लक्षण पनि हुनसक्छ

चिसोमा खोकी लाग्छ, रुघा लाग्छ । हामी ठान्छौं, चिसोको कारण यस्तो भयो ।

स्वभाविक हो, चिसोले खोकीको मसस्या निम्त्याउँछ । तर, खोकी लाग्नुमा चिसो मात्र कारण हुँदैन । यदि लगातार खोकी लाग्छ भने शंका गर्नुपर्ने हुन्छ ।

किनभने सामान्यतः चिसोमा खोकीको समस्या धेरै हुने गर्छ । यस्ता खोकी पाँच देखि सात दिन भित्रमा आफै निको हुन्छ । त्यसैले, मानिसहरुले यस्ता खोकीलाई गम्भीरतापूर्वक लिदैनन् । कतिपय मानिसहरुले यस्ता खोकीको घरमै उपचार गर्छन् । सामान्य रुघाखोकीमा सामान्य औषधीको प्रयोगले खासै असर गर्दैन । तर लामो समयसम्म खोकी लागेमा, खोकी लगातार लागेमा तथा औषधीले पनि खोकी लाग्न कम नभएमा भने तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । किनकी हेर्दा सामान्य लाग्ने यस्ता समस्या कतिबेला गम्भीर बन्ने गर्छ, कसैलाई थाहा हुँदैन ।

खोकीको कारण फ्लू पनि हुनसक्छ 

चिसोका कारण खोकी लागेमा त्यस्ता खोकी धेरै दिनसम्म रहनसक्छ । चिसोका कारण देखिने  रुघाखोकी दुई प्रकारका हुन्छन् , सुख्खा र कफ भएको । यस्ता खोकी कफ सहितको भएमा वा गाढा खकार सहितको भएमा खासै डराउनु पर्दैन । किनकी फ्लूको समस्या भएमा पनि यस्ता समस्या देखिने गर्छ ।

फ्लूका कारण यो समस्या देखिएमा प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्नुका साथै आराम गर्नु पर्दछ । जसले गर्दा यो  साता भित्रमै निको हुने गर्छ ।

के गर्ने ?

फ्लुका कारण रुघाखोकी लागेमा डराउनु पर्दैन । एन्टीबायोटिक्सको पनि सेवन गर्नु पर्दैन । औषधी पसलमा पाइने सामान्य रुघाखोकीको औषधीले पनि यो समस्या कम गर्न सकिन्छ । त्यस्तै, प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गरेर तथा आराम गरेर पनि यो समस्या कम गर्न सकिन्छ । त्यस्तै, पानीको बाफ लिएर तथा तातो पानी पिएर पनि यो समस्यालाई कम गर्न सकिन्छ । रातमा खोकीका कारण सुत्नमा समस्या भएमा टाउकाको मुनी अतिरिक्त तकिया राखेर सुतेका गहिरो निद्रा पर्दछ ।

धुमपानले पनि लाग्नसक्छ खोकी

धुमपान गर्नेहरुमा धुवाँका कारण पनि खोकी लाग्ने गर्छ । विशेषगरी, धुवाँका कारण सास नलीमा अवरोध भएमा खोकी लाने गर्छ । जसले गर्दा छातीबाट खकार निस्कने प्राकृति गति सुस्त हुने गर्छ, जसले गर्दा छातीमा जमेको खकार निकाल्न पनि धुमपान कर्तालाई खोक्नु पर्छ ।

धुमपानकर्ताहरुमा यस किसिमको खोकी विहानको समयमा धेरै लाग्ने गर्छ । त्यस्तै, धुमपानकै कारण उनीहरुमा क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज -सिओपिडी) लगायत खोकीसित सम्बन्धित अन्य विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धि समस्या पनि धेरै हुने गर्छ । जस्तो कि हार्ट फेलियर पनि खोकीको एक ठूलो संकेत हुने गर्छ ।

के गर्ने ?

धुमपानका कारण खोकी लागेमा धुमपान छोड्नु पर्दछ । बजारमा धुमपानको तल छोडाउने विभिन्न औषधी पाइन्छ। त्यस्ता औषधीको सेवन गरेर पनि धुमपान त्याग्न सकिन्छ । विशेषगरी, लामो समयसम्म खोकी लागेमा खोकीका कारण सास लिनमा कठिनाई भएमा तथा सास नली फुलेमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ ।

कतै क्यान्सरको लक्षण त हैन खोकी ?

खोकी आफैमा एक सामान्य समस्या हो । कहिलेकाही मात्र यो गम्भीर हुने गर्छ । यसको बाबजुद कुनै समस्या देखिएमा वा कुनै गम्भीर लक्षण देखिएमा तुरुन्तै चिकित्सालाई देखाउनु पर्छ ।

किनकी धेरै जसो खोकी केही हप्तामा नै ठिक हुन्छ । तर यदी खोक लामो सयम सम्म निको नभए, खोकीमा खकार देखा परे, खोकी लागेर रगत वान्ता भए तुरुन्तै चिकित्सकलाई देखाएर यसको कारण कतै छातीको संक्रमण वा फोक्सोको क्यान्सर त हैन भनेर पत्ता लगाउन सकिन्छ ।

फोक्सोको क्यान्सर भएमा बारम्बार छाती दुख्ने, थकान महसुस हुने, गर्दन वा अनुहार सुन्निने, अचानक वजन कम हुने जस्ता लक्षण देखा पर्ने गर्छ ।

हुन त यी सबै लक्षण याद नहुन सक्छ  ।र, हालैमा भएको एक शोधले जनाए अनुसार एक तिहाई मानिसमा फोक्सोको क्यान्सरको कुनै लक्षण देखिदैन । त्यसैले, विना लक्षण नै गम्भीर संक्रमण निम्तनु भन्दा पहिले स्वास्थ्य सम्बन्धि कुनै पनि असामान्य लक्षण देखा परे तुरुन्तै चेकजाँच गराएर पनि यस्ता सम्भावित जोखिमलाई कम गर्न सकिन्छ ।

के गर्ने ?

खोकी लाग्दैमा क्यान्सर हुन्छ नै भन्नै छैन । तर जति छिटो रोगको पत्ता लाग्यो, त्यसको उपचार त्यति नै छिटो हुने भएकोले लक्षण देखा पर्नासाथ चिकित्सकलाई देखाउनु उपर्युक्त हुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय