सार्थक जिवनको लागि मनयोग सम्बन्धी  तालिम

पाल्पा, २८ पुस । माथागढी गाउपालिकाकाे अायाेजनामा “सार्थक जिवनकाे लागि मनयाेग ” विषयमा एक दिने तालिम झडेवामा सम्पन्न भएकाे छ। शुक्रवार किसान उ.मा.वि. झडेवाकाे सभाहलमा भएकाे कार्यक्रममा रमेश वैदवारले प्रशिक्षण दिनुभएकाे थियाे। प्रशिक्षक वैदवारले मनयाेग भनेकाे के हाे ? यसकाे मानव जिवनमा महत्व साथै याेगा कसरी गर्ने भन्ने विषयबस्तुमा रहेर प्रशिक्षण दिनुभएकाे थियाे । कार्यक्रममा माथागढी गाउपालिकका प्रतिनिधि , गाउपालिका भित्र रहेका अाठै वडाका वडा अध्यक्ष साथै सदस्यहरु लगायत ३५ जनाकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा वाेल्दै गाउपालिका प्रमुख सन्ताेष थापाले थाेरै समयमा मनयाेगकाे बारेमा धेरै सिक्न पाएकाे बताउनुभयाे र यसलाई अाफुहरुले दैनिक जिवनमा लागू गर्ने पनि वताउनुभयाे। वडा न. ६ का वडा अध्यक्ष रन ब. खाम्चाले प्रशिक्षक तथा सहभागिहरुलाई धन्यवाद दिदै कार्यक्रमकाे समय थाेरै भएकाले सबै कुरा सिक्न नपाएकाे र अागामि दिनमा यश सम्वन्धि थप अन्य कार्यक्रम पनि ल्याउनु पर्ने वताउनुभयाे। गाउपालिकका अध्यक्ष सन्ताेष थापा मगरकाे अध्यक्षता साथै पाेस्टराज न्याैपानेकाे सन्चालनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

सम्बन्धित खवर