रामपुर महोत्सव आजबाट सुरु हुँदै

पाल्पा, पुस २७ । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा आजबाट रामपुरमा दोस्रो रामपुर महोत्सव सुरु हुदैछ । आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार भन्ने मूल नाराका साथ भोलीदेखि सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र व्यवस्थापनको पक्षलाई बलियो बनाइएको संघले जनाएको छ । महोत्सवमा ३ सय ५० स्टल रहने र घरेलु उत्पादन, कृषि जन्य वस्तुको प्रदर्शन लाई प्रथमिकता दिइने संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । महोत्सवको ३ लाख बढी दर्शकले अवलोकन गर्नेे अनुमान गरिएको छ । घरेलु उत्पादन, कृषि जन्य वस्तुको प्रदर्शन, फोटो प्रदर्शनी, स्थानीय कला संस्कृति झल्काउने झाँकी, हेलिकप्टरबाट कालीगण्डकी क्षेत्रको अवलोकन, प्याराग्लाइडिङ्ग, रामपुर दोस्रो डान्स आइडल महोत्सवको मुख्य आकर्षकको रुपमा रहने अध्यक्ष ढकालले बताउनुभयो । 
महोत्सव अवलालेकनका लागि ५० रुपैयाँ टिकट शुल्क तोकिएको छ । विद्यार्थी, बद्धबृद्धा र अपाङ्गलाई भने परिचय पत्रको आधारमा ३० प्रतिशत छुट दिइने ढकालले जानकारी दिनुभयो । महोत्सव अवधिभर फ्रि वाइफाइ, भरपर्दो सुरक्षा, स्वम सेवक परिचालन, प्रयाप्त खानेपानी सुविधा लगायतका व्यवस्थापनहरु मिलाइएको संघले जनाएको छ । महोत्सबमा ८ देखि ९ करोडको कारोबार हुने संघले अपेक्षा गरेको छ । पुस २७ गते देखि माघ ८ गते सम्म १२ दिन महोत्सवको  सह आयोजकमा जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा र संरक्षकमा रामपुर नगरपालिका रहेका छन् । 

सम्बन्धित खवर