फूलबाट मासिक ५० हजार आम्दानी


पाल्पा, पुस २६, पाल्पामा फूल खेती आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । बुटवलका राजेश गुप्ताले फूल खेतीबाट पनि राम्रो आय आर्जन गर्न सकिन्छ भन्ने उदाहारण दिनुभएको छ ।
उहाँले अहिले पाल्पाको प्रभासस्थित रक्साहामा पाल्पा नर्सरीबाट फूल उत्पादन गरेर मासिक ५० हजार कमाउन सफल हुनुभएको छ । १३ रोपनी जग्गा भाडामा लिएर खेती सुरु गर्नुभएका गुप्ताले पाल्पाको हावा पानी राम्रो भएकाले फूल उत्पादनमा बढ्दै गएको बताउनुहुन्छ ।
झण्डै ४ वर्ष अगाडि २० लाखको लगानीमा पाल्पा नर्सरीबाट फूल उत्पादन सुरु गरे गुप्ताले भने लगानी र मेहनत अनुसारको फल प्राप्त भएको छ यसैमा सन्तुष्ट छु । यहाँ जेरिनियम, पिटोनिया, पेन्जी, सयपत्रि, गोदावरी, कुविजा, भर्विना, देनथस, डालिया, लालुपाते, लिलियम, गेजनिया, हंशराज, काउली फूल, सालविया लगायतका दुई दर्जन बढी थरिका फूल उत्पादन गरिन्छ ।
यहाँ उत्पादन भएका फूलहरु बुटवल, भैरवा, नेपालगञ्ज लगायतका स्थानमा विक्रीका लागि लगिन्छ । पाल्पाको वातावरण, मौसम फूल उत्पादनका लागि सुहाउदो भएकाले फूल खेतीबाट पनि राम्रो आयआर्जन गर्न सकिने गुप्ताको भनाई छ । अझैपनि जिल्लाका किसान व्यवसायिक फूल खेतीमा आकर्षित भएको देखिदैन । घर वरिपरि, बगैचा, फूलबारीमा सजावटका लागि मात्र फःूल लगाउने गरेको पाइन्छ ।
तर गुप्ताले फूलखेतीबाट मनग्य आम्दानी गर्न सकिने उदाहारण दिएका छन् । कुनै काममा नआएका जग्गामा समेत फूल खेती गरेर राम्रो आय आर्जन गर्न सकिने गुप्ताको भनाई छ ।


सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय