
पाल्पा, पुस २६, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पा स्थित बाल ज्योति बाल मञ्चले बाल भेला सम्पन्न गरेको छ । वडाका बाल क्लवहरुको छाता संगठनको रुपमा रहेको बाल मंञ्चले बाल बालिककाहरुको भेला गरी बाल क्लबले गरेका गतिविधि, भावि योजनाका विषयमा छलफल गर्नुका साथै नयाँ कार्यसमिति चयन गरेको हो । भेलाले विपिका देवकोटाको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रत्न बहादुर सारु, सचिव यमुना सारु, सहसचिव सविना रखाल, कोषाध्यक्ष गोविन्द न्यौपाने रहेका छन् । सदस्यमा अनन्त पाण्डे, मिलन ढेङ्गा, कोसिस विक, दिल माया दर्लामी, खुम बहादुर सारु, रेनुका ढेङ्गा, गंगाा बारघरे, प्रतिमा घर्ती, मनिषा सारु, विकास नेपाल चयन भएका छन् । सल्लाकार समितिमा पूर्वखोला गाउँपालिका २ जल्पाका अध्यक्ष नीर बहादुर सारु, शिक्षिका लिला सारु, सिमादेवी नेपाली, पूर्व अध्यक्ष राहुल श्रेष्ठ र सचिव सावित्रा सारु रहेका छन् । भेलाले
वाल विवाह सम्बन्धी सचेतना मुलक कार्यक्र, नेतृत्व विकास, हाजिरी जवाफ लगायतका कार्यक्रम संचालन गर्ने विषयमा समेत छलफल गरेको रहुल श्रेष्ठले जानकारी दिए ।