पाल्पा, पुस २४ । तानसेनका महिलालाई लप्सीको विभिन्न परिकार बनाउने तालिम दिइएको छ । मखनटोल टोल विकास संस्थाको आयोजनामा तानसेन नगरपालिका ४ का २२ जना महिलालाई लप्सीको परिकार बनाउने सम्बन्धी ३ दिने तालिम दिएको हो । लप्सीको विभिन्न परिकार बनाएर महिलालाई घरमै बसेर आजआर्जन गर्नका लागि सिपमूलक तालिम प्रदान गरिएको संस्थाकी अध्यक्ष रोजिता श्रेष्ठले बबताउनुभयो । महिलाले लप्सीको पाउँ, क्याण्डी, छोइला लगायतका आधा दर्जन बढी परिकार बनाउन सिकेका छन् । २२ गतेदेखि सुरु भएको तालिम आज सकिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer