सिलुवामा पुस्तकालय स्थापना

पाल्पा, पुस २४ । पाल्पाको पूर्वखोला गाउँपालिका १ सिलुवामा पुस्तकालय स्थापना गरिएको छ । सिलुवा बजार व्यवस्थापन समितिको अगुवाईमा ज्ञान ज्योति सामुदायिक पुस्तकालय स्थापना गरिएको हो । ५ लाखको लगानीमा सुरु गरिएको पुस्तकालयको उद्घाटन गर्दै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले पुस्तकालयले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै शिक्षित र सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । थापाले पुस्तक पढ्ने बानीले व्यक्तिमा विधित ज्ञानको विकास हुने, सृजनशील र क्षमतावान बन्ने सक्ने बताउदै स्थानीयलाई पुस्तक पढ्ने बानीको विकास गर्न आग्रह समेत गर्नुभयो । जापानीज नागरिक ओके बाजी सुजुकी हेरेइको सहयोगमा भवनसँगै पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा विभिन्न खालका पुस्तकहरु राखिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय