पाल्पा, पुस २४ पाल्पाको रामपुरमा आइतबार राति धारिलो हतियार प्रयोग गरि छिमेकी भल बहादुर कुमाल हत्याका अभियुक्त मनोज थापालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
अभियुक्त थापालाई सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।
थापाले सामान्य विवादको विषयमा जिल्लाको रामपुर नगरपालिका ४ सदार्वत स्थित जलदेविका ४५ वर्षका (गठ्ठे) भनिने भल बहादुर कुमालको धारिलो हतियार प्रयोग गरि हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख विश्वमणी पोखरेलले पत्रकार सम्मेलनमा गरि उत्त घटना बारे जानकारी गराउनु भयो । प्रहरीका अनुसार घटनामा संग्लन भएका सोही स्थानका छिमेकी वर्ष ४० का मनोज थापालाई हत्याको अभियोगमा अनुशन्धान पछि सार्वजनिक गरिएको हो । प्रहरीका अनुसार गएराति ८ बजेको समयमा मृतक कुमाल मनोज थापाको घर बाहिर गई होहल्ला गरेको र हल्ला नगर्न भनेर अनुरोध गर्दा अटेरी गरेका कारण रिसको झोकमा थापाले धारिलो हतियार (हसिया) प्रहार गरी हत्या गरेको पाइएको अनुशन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
घटनाका अभियुक्तलाई ज्यान मारेको मुद्यामा अदालतबाट म्याद थप गरि कारबाही प्रक्रिया अगाडी बढाइ घटना बारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer