रामपुर महोत्सवको तयारी तीब्र


पाल्पा, पुस २२ । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा यही पौष २७ गते देखि माघ ८ गते सम्म हुने लागेको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७५ को तयारी तीब्र पारिएको छ ।

आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार भन्ने मूल नाराका साथ हुने महोत्सवको तयारी तीब्र रुपमा अगाडि बढाइएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो । महोत्सवमा ३ सय ५० बढी स्टल रहने संघले जनाएको छ । महोत्सवको ५ लाख बढी दर्शकले अवलोकन गर्ने संघले अनुमान गरेको छ ।

महोत्सव अवलालेकनका लागि ५० रुपैयाँ टिकट शुल्क तोकिएको छ । विद्यार्थी, बद्धबृद्धा र अपाङ्गलाई भने परिचय पत्रको आधारमा ३० प्रतिशत छुट दिइने ढकालले जानकारी दिनुभयो । यान्त्रिक उपकरण, अटोमवाइल तथा घरायसी प्रयोजनका सामाग्री, रोटेपिङ, चर्खे पिङ, डुङ्गा, झुला, डुङ्गा, फुच्चे रेल, कृषि स्टल, हस्तकलाका सामाग्री प्रर्दशन, कुडुलेघर, स्थानीय धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवम प्राकृतिक अनुपम क्षेत्रको भ्रमण गर्ने व्यवस्था, प्यारागलाईडिङबाट रामपुर उपत्यका लगायत हिमाल, पहाड, तराईका मनोरम दृष्य अवलोकन, रोचक दुर्लभ फोटो र भिडियो पर्दशनी, राष्ट्रिय ख्याती प्राप्त तथा स्थानीय कलाकारहरुको प्रस्तुती, डान्स आइडल, लोक दोहोरी प्रतियोगिता, स्थानीय सामाजिक संस्कार संस्कृति झल्काउने झाँकी, साँस्कृतिक गीत नृत्य प्रस्तुती महोत्सवको मुख्य आकर्षणको रुपमा रहने बताइएको छ ।

महोत्सवबाट रामपुरलाई आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य स्थलको रुपमा प्रचार प्रसार गर्ने, कृषि बनजन्य, घरेलु तथा कुटिर उत्पादनको प्रचार प्रसार गरी बजार विस्तार, जातीय भेषभूषा, धर्मसंस्कृतिको पहिचान दिने, नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने, उद्योग वाणिज्य संघको भवन निर्माणका लागि सहयोग पुग्ने र आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना र अवसरको खोजी गरी पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको ढकालले जानकारी दिनुभयो ।

महोत्सव अवधिभर फ्रि वाइफाइ, भरपर्दो सुरक्षा, स्वम सेवक परिचालन, प्रयाप्त खानेपानी सुविधा लगायतका व्यवस्थापनहरु मिलाइएको संघले जनाएको छ । महोत्सवको सह आयोजक जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा र संरक्षकमा रामपुर नगरपालिका रहेका छन् ।

सम्बन्धित खवर