हिमालयन शेर्पालाई पराजित गरे थ्रीस्टार लिगको तेस्रो हुने

काठमाडौं, पुस २०।शहीद स्मारक ए डिभिजन लिग विजेता बन्ने सपना बुनेको थ्रीस्टार क्लब अन्तत तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दैछ ।

पुष २४ गते लिगको समापन दिनमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दै छ । तेस्रो स्थान हाशिल गर्न थ्रीस्टारलाई जित अनिवार्य रहेको छ । थ्रीस्टारले जित हात पारे ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गर्ने छ । तर पराजित या बराबरी भएमा उक्त स्थान आर्मीले खोस्न पनि सक्नेछ ।

प्रतियोगिता सुरु हुनुपूर्व उपाधि जित्ने लक्ष्य बनाएको अर्का विभागीय टिम हो, आर्मी । तर अहिले आर्मीको लक्ष्य तेस्रो स्थानमा खुम्चिएको छ । आर्मीले अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबसँग पुस २३ गते प्रतिस्पर्धा गर्दैछ । तेस्रो हुन यो खेलमा आर्मीले जितेर मात्रै पुग्दैन । यता, थ्रीस्टार हिमालयन शेर्पासँग बराबरी या पराजित हुनुपर्छ ।

१२ खेलबाट २३ अंक बनाएको थ्रीस्टार लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट २२ अंक बनाएको आर्मी चौथो स्थानमा छ । थ्रीस्टारभन्दा आर्मी एक अंकले मात्रै पछि रहेको छ ।

त्यस्तै, लिगकै अन्तिम चरणका खेलहरुमा पुस २१ गते जावलाखेल युथ क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, यही दिन सरस्वती युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

पुस २२ गते आफ्नो अन्तिम खेलमा न्युरोड क्लब ९एनआरटी० र ब्रिगेड ब्वाइज क्लबले प्रतिस्पर्धा गर्दैछ । ब्रिगेड ब्वाइज र एनआरटी अन्तिम दुईमा नपर्नका लागि प्रतिस्पर्धा गर्नेछ ।

रेलिगेसन नभए पनि अर्को वर्ष हुने लिगमा भने १४ औं स्थामा हुने टिमको दुई अंक घट्ने हुनाले दुबै टिम अन्तिम खेल जितेर अन्तिम स्थान छाड्ने लक्ष्यमा छन् । त्यस्तै, १३ औं स्थानमा हुने टिमको एक अंकमात्र घट्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय