आठ पत्रकार सम्मानित

पाल्पा, १९ पुस । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ११ औँ साधारणसभा तथा २४ औ स्थपना दिवसको अवसरमा पाल्पाका आठ पत्रकार सम्मानित भएका छन । उत्कृष्ट पत्रकारिता पुरस्करमा सगरमाथा टेलिभिजनका किरण कौशल र सूर्याेदय टेलिभिजनका राजेन्द्र लिगललाई रु १२ हजार पाँच सय रकम सहित सम्मान पत्र सहित सम्माननित हुनुभएकोे छ । सिर्जनसिल पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखराका रीमा सोमै, इरानिमलका अमृत अधिकारी र रेडियो कुटुम्बका नारायण न्यौपाने र राससकर्मी सुशीला रेग्मीलाई जनही रु सात हजार पाँच सय र सम्मानपत्रले सम्मानित गरिएको छ ।
यस्तै ग्रामीण पत्रकारिता पुरस्कारबाट रेडियो पाल्पाका दुर्गेश मल्ल र रेडियो रामपुरका सिर्जना घिमिरे रु दस हजारसहित सम्मानित हुनुभएको छ ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले समानुपातिक विज्ञापन नीति लागू गरिए सञ्चारमाध्यम बलियो हुने बताउनुभयो । उहाँले पेशागत सुरक्षा र व्यावसायिकताका लागि सञ्चारमाध्यमले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर