
पाल्पा,पुस १८ । आधुनिक प्रविधि तर्फको बढ्दो आकर्षण र सुविधा भोगी प्रवृत्तिका कारण पाल्पाको ग्रामीण क्षेत्रको रैथाने प्रविधिलोप हुँदै गएको छ ।
परम्परागत रुपमा प्रयोग गरिँदै आएका घरेलु मेसिनहरु हराउँदै गए पछि पर्यटकीय जिल्ला पाल्पाको ग्रामीण पहिचानपनि मेटिँदै गएकामा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्ता सम्ममाउखु, अमिलो र तोरी पेल्न कालागि गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल अहिले आएर पाल्पाका ग्रामीण क्षेत्रमाविस्थापितबनिसकेको छ ।
त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छन् । वर्षामाओढ्ने सेउको ठाउँ अहिले प्लास्टिकले ओगटेको छ । गाउँमा जाँतो प्रयोग कर्ता कोही छैनन् । आधुनिकप्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिकजीवनयापनकालागिअतिआवश्यकएवम् निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हँुदै गइरहेका छन् ।
करिब तीनदशक अगाडिसम्म निकै चलनचल्तीमा रहेकायी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुनथालेकाहुन् । विभिन्नआधुनिक घरेलु मेसिनको प्रयोगपछि पाल्पामायी घरेलु मेसिनविस्थापनमा परेकासंस्कृतविद्यनिर्मल श्रेष्ठलेबताउनुभयो ।
घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृतिपनि धरासायीबन्दै जानथालेको छ । लोक संस्कृतिमाख्यातिकमाएको पाल्पाकालोकबाजाहरु खैँजडी, मादल, डम्फु, ढोलकी, सहनाई र कर्नाल पनि हराउँदै जानथालेपछि यहाँको लोक संस्कृतिपनिअपाङ्गबन्दै गएको सस्कृतविदश्रेष्ठ बताउनुुहुन्छ ।
दसैं, तिहार र चाडपर्वको बेलामा देवीदेउतालाई चढाउने सामग्रीका रुपमा ढिकी र जाँतोमा नै कुटेको र पिँधेको चामल, पीठो शुद्ध मानिने भएपनि पछिल्लो समयमा ढिकी जाँतो लोप हुदै गइरहेको तानसेन ६ वतुङ्गफुलवारीकी७४ वर्षीय शान्ती देवीकाफ्लेले बताउनु भयो । मन्दिरमापूजाआजाकालागि शुद्ध र चोखो ढिकी र जाँतोमापिँधेको मात्रै प्रयोग गर्ने गरे पनिआजकलआधुनिकविद्युतीयतथा डिजेलकामिलखुलेपछि मानिसहरुले यसको खोजीगर्न समेत बिर्सेको उहाँले बताउनु भयो ।
घरेलु मेसिनलगायतका परम्परागत साधनपनिलोप हँुदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै सङ्कटमा परेको म्याग्दीका संस्कृतिविद् श्रेष्ठले बताउनुभयो ।
“पाल्पाका घरेलु मेसिनहरू हराइसके’, श्रेष्ठले भन्नुभयो –“हामीको हौँ ?हाम्रो सभ्यता के हो ?भत्रे कुराको बोध गराउने यीचिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यतापनि सङ्कटमा परेको छ ।”
स्थानीय स्रोत, साधनएवम् स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागतजनजीवन, कला र सामाजिकअवस्थाकाविषयमा समेत अध्ययनगर्न सकिन्छ ।
“घरेलु मेसिनको बनोट विशुद्ध हाम्रापुर्खाको कला र सीपहो”, स्थानीय संस्कृतिकाविषयमाजानकार मदन देउरालीलेभन्नुभयो –“घरेलु मेसिनको अध्ययनबाट अघिल्ला पुस्ताको आर्थिक, सामाजिकएवम् धार्मिक अवस्थाकाविषयमा समेत जानकारी हासिलगर्न सकिन्छ ।”
“घरेलु मेसिन पूरै लोप भएपछि अबका पुस्ताकालागि यस क्षेत्रको सांस्कृतिकएवम् मानवीय सभ्यताकाविषयमाअध्ययनगर्ने आधार रहने छैन”, देउरालीले भनुभयो –“बढ्दै गइरहेको पाश्चात्य सांस्कृतिक हस्तक्षेपका बीचहाम्रो मौलिक संस्कृति र सभ्यता हराउनेछ ।”
दैनिकप्रयोगकाविभित्रआधुनिक मेसिनभित्रिएपनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नैखाले विशेषता रहेको स्थानीयबासिन्दा बताउँछन् । “घरेलु मेसिनको प्रयोगबाट लाभदायकएवम् गुणस्तरीय वस्तुको उत्पादनगर्न मिल्छ”बगनासकालीगाउँपालिका यम्घाका खुमबहादुर वि.क भन्नुहुन्छ –“घरेलु मेसिनको तुलनामाआधुनिक मेसिनको प्रयोग महँगो एवम् खर्चिलो छ ।”लोप हँुदै गइरहेकायी मेसिनको संरक्षण र प्रवद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढवा दिइनुपर्ने कुरामावि.कको जोड रहेको छ ।
प्रायः सामूहिक रूपमाप्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमाअभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ । सामूहिकप्रयोगका माध्यमबाट घरेलु मेसिनले आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवम् सद्भावना र भाइचारामाअभिवृद्धि गर्ने उनीहरूको तर्क छ ।
यस क्षेत्रको परम्परागत सभ्यता, मौलिककला र संस्कृतिको समेत अध्ययनगर्न सकिने घरेलु मेसिनको संरक्षणलाई सबै क्षेत्रबाट प्राथमिकतादिइनु उपयुक्तनहोला र ?पाल्पा दरबार सङ्ग्रहालयमासंरक्षणका लागि परम्परागत मेसिनको नमुना सङ्ग्रहालय स्थापना र प्रभावकारी बनाउनकालागिपो सोच्ने कि? सरोकारवालाहरुको ध्यानजानआवश्यक देखिन्छ ।