दुर्घटनामा एकको मृत्यु

धादिङ, १८ पुस ।  काफलपानीबाट ज्वालामुखी गाउँपालिकाको सुनखानीतर्फ जाँदै गरेको मीनि ट्रक आज दुर्घटना हुँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । 

प्रहरी उपरीक्षक डम्बरबहादुर विकका अनुसार बा ४ ख ८६५८ नम्बरको मीनि ट्रक दुर्घटनापछि जिल्ला अस्पतालमा उपचारको क्रममा ज्वालामुखी गाउँपालिका–१ का ५५ वर्षीय रिम्के परियारको मृत्यु भएको हो । पल्टिएर भएको दुर्घटनामा घाइते चार जनाकोे जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय