
(रम्भा) पाल्पा
नेपाल कम्युनिष्ट पार्टी रम्भा गाउँ कमिटी पाल्पाका नव नियुक्त पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । रम्भा गाउँपालिकाको ताहुँमा आयोजित एक समारोहमा प्रमुख अतिथि ५ नम्बर प्रदेशका प्रदेश सभासद नारायणप्रसाद आचार्यले रम्भा गाउँपालिकाका ६७ जना नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरुलाई सपथ ग्रहण गराए । देश विकास र जनताको हित तथा विसंगति तथा विकृति विरुद्ध लाग्ने सपथका खुवाईएको थियो ।
कार्यक्रममा प्रदेश सभासद आचार्यले समसायिक राजनैतिक परिवेशको चर्चा गर्दै प्रदेश कमिटिबाट पार्टीले जारी गरेको परिपत्रबारे जानकारी गराइएको थियो । कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले रम्भा गाउँपालिकाबाट कार्य सम्पादन गरिएका विषयवस्तुका साथै कार्ययोजना र गरिएका कार्यबारे जानकारी प्रस्तुत गरे ।
सपथ ग्रहण कार्यक्रम पछि बसेको पहिलो रम्भा गाउँ कमिटिको बैठकले वडा कमिटि निर्माणको लागि अध्यक्ष अर्जुनकुमार श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ । बैठकले पुस २७ गते भित्र वडा कमिटि गठन गर्ने निर्णय गरेको छ । बैठक रम्भा गाउँ कमिटि अध्यक्ष अर्जुनकुमार श्रेष्ठको अध्यक्षता तथा सचिव योगेन्द्रकुमार गैरेको संचालनमा चलेको थियो ।