बगनासकालीको चापपानी र नायरमा ल्याव सेवा सुरु

पाल्पा । बगनासकाली गाउँपालिकाको वडा नं. ९ चापपानी र वडा नंं ३ मा रहेको नायरनमतलेस स्वास्थ्य चौकी प्रयोगशाला स्थापना गरिएको छ ।
दुबै प्रयोगशालाको फरक फरक कार्यक्रमका बीच प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बश्यालले उद्घाटन गरे ।

प्रयोशाला संचालनको लागि गाउँपालिकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बश्यालले बताए । नायरनमतलेस र चापपानी स्वास्थ्यचौकीमा प्रयोगशाला संचालनको लागि दश लाख बजेट विनियोजि गरिएको छ । विनियोजित बजेटबाट कर्मचारी व्यवस्थापन र आवश्यक प्रविधियुक्त सामग्री खरिद गरिएको छ ।

विशिष्ट अतिथि उपाध्यक्ष सरस्वती चिदीले मानिसको स्वास्थ्य ठीक रहे सबै क्षेत्रको विकास हुन्छ भन्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताइन् । आगामी दिनमा स्वास्थ्य क्षेत्रलाई थप गुणस्तरीय र सेवासुविधायुक्त बनाउने योजनाका साथ अगाडि बढेका छौं उनले थपिन् । प्रमुख प्रशासकीय अधकृत सुन्दर प्रसाद श्रेष्ठले मानिसको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताए । वडा नम्बर ३ का अध्यक्ष टिकाबहादुर थापाले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिलेदेखि गरिएको स्थानीयको माग पूरा भएको बताउनुभयो । उनले सयको उपचार गर्न हजार रुपयाँ खर्च गर्नुपर्ने यहाँका नागरिकको अवस्था अब टरेको बताए ।

गाउँपालिका अन्तर्गत स्वास्थ्य विभाग प्रमुख मणिराम अधिकारीले प्रयोगशालामा १८ प्रकारको सेवा उपलब्ध हुने बताए । भर्खर मात्र संचालनमा आएका प्रयोशालाबाट रगत अन्तर्गत सेतो रगतमा रहेका कोशिका र त्यसमा रहेको अन्य कोशिकाहरुको अवस्था पत्ता लगाइने ( टिसी–डिसी), हेमोग्लोविनको मात्रा, ब्लड ग्रुप, इ.एस.आर, ब्लड सुगर, यूरिक एसिड, एचआइभी, यूरिन टेष्ट लगायत गरी १८ वटाको ल्याव परीक्षण हुने उनले बताए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपाने, नेकपाका मोहन थापा, नेपाली काँग्रेसका नारायण कवँर, नायर नमतलेस स्वास्थ्य चौकीका पूर्व प्रमुख शालिकराम पहारी, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, वगनासकाली पत्रकार समुहका अध्यक्ष दीपक ढुंगाना, जिल्ला अस्पताल पाल्पाका ल्याव सुपर भाइजर मधुसुदन भट्टराई लगायतले शुभकामना दिए । वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन तथा संचालक समितिका अध्यक्ष टिकाबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष पदमबहादुर थापाले स्वागत र स्वास्थ्यचौकी प्रमुख सरद जिशीले संचालन गरेका थिए ।

उता चापपानीमा भएको कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष ठानेश्वर तिमिल्सिनाले ल्याव सेवा संचालनमा आएसँगै यस क्षेत्रका ५ वटा वडाका स्थानीयहरुले सहज रुपमा सेवा पाउने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय