हातेमालो बचत तथा ऋण सहकारी संस्था रामपुरको साधारणसभा सम्पन्न

बन्दना पोखरेल । रामपुर(पाल्पा)
हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष बिष्णु बहादुर सारुको स्वागतबाट सुरू भएको साधारण सभामा पुर्व भुमि सुधार व्यवस्था मन्त्री एवम् संघीय सांसद दल बहादुर राना प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै सांसद रानाले सहकारी क्षेत्रले उद्यमशीलताको प्रवर्धनका लागि टेवा पु¥याउनुपर्नेमा जोड दिए । उनले यवा रोजगारी सृजना गर्दै समुदाय स्तरमा उद्यमशीलता विकास गर्ने र युवाहरुलाई गाउ“मै बसेर पनि केही गर्न सकिन्छ भन्ने मनोभावना जगाउने बेला आएको समेत बताए ।

कार्यक्रममा प्रदेश ५ का सांसद युवराज खनाल ,रामपुर नगरपालिकाकी उपमेयर बिष्णु देवी घिमिरे आचार्य,रामपुर नगर विशेष समिति सदस्य राजु प्रसाद श्रेष्ठ ,नेकपा रामपुर सचिव दामोदर पाठक ,बिजयपुर कृषि सहकारीका अध्यक्ष सुर्य प्रसाद रेग्मी,अन्धकार मुक्ति बचत तथा ऋण सहकारीका उपाध्यक्ष सागर देबकोटा,पुर्व लेखा समिति संयोजक तिर्थ प्रसाद ढुंगाना ,सल्लाहकार शशि कुमारी जीसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

२०६८ सालमा स्थापना भएको यस संस्थाले सुत्केरी पोषण भत्ता बितरण गर्दै आएको छ । बचत तर्फ विभिन्न बचत सुरु गरेको छ भने विभिन्न क्षेत्रमा कर्जा प्रवाह गर्दै आएको छ । संस्थाका अध्यक्ष कमल चन्द्र तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष कमल चन्द्र तिवारीले प्रस्तुत गरेका थिए । प्रतिबेदनमा ७ करोड बराबरको आर्थिक कारोबार, ५ लाख ३६ हजार बराबर मुनाफा रहेको बताउदै ४५ शेयर लाभांश बितरण गरेको छ । सहकारीले एसइइ उत्कृष्ट छात्र छात्रा,उत्कृष्ट बचत कर्ता,असल ऋणि,लगायतलाई सम्मान गरेको छ ।

आजको बचत भोलिको सुरक्षा भन्ने नारा सहित सुरु भएको संस्थामा अहिले ८ सय ५० सेयर सदस्य रहेका छन् । विभिन्न साँस्कृतिक प्रस्तुति समेत राखिएको कार्यक्रममा धन्यवाद दुर्गादेवी राना र सञ्चालन सचिव मिनराज रेग्मीले गरेका थिए ।

सम्बन्धित खवर