कार्यसम्पादनमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो

पाल्पा । स्वास्थ्य कार्यालय पाल्पा तेस्रो पटक कार्यसम्पादनमा पहिलो बनेको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालयमा सबैभन्दा राम्रो कार्यसम्पादन मुल्याँकनका आधारमा तेस्रो पटक पाल्पा पहिलो बन्न सफल भएको हो । आफ्नो कार्यसम्पादन गुणस्तरलाई यथावत कायम राख्दै तीन पटक नियमित प्रथम बन्न सफल भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

स्वासथ्य कार्यालय पाल्पा आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा पनि पहिलो भएको थियो । आर्थिक वर्ष ०८१/०८२ को प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीमा फेरी पाल्पा पहिलो भएको प्रदेश स्वास्थ्य निर्देशनालय पहिलो भएको घोषणा गरेको हो । ।

स्वास्थ्य क्षेत्रको कार्यसम्पादनका विभिन्न २८ सूचकको मुल्याँकनका आधारमा पाल्पाले ७३ दशमलव ५६ प्रतिशत अंक प्राप्त गरी पहिलो बन्न सफल भएको हो । स्वास्थ्य कार्यलय पाल्पाका निमीत्त प्रमुख टुकप्रसाद पोखरेले सेवाको गुणस्तर, डाटा व्यवस्थापन, मानव संशाधन दक्षता, समुदाय सहभागिता, पूर्वाधार र कार्यक्रम कार्यान्वयन जस्ता सूचकहरुलाई प्रभावकारी रुपमा कार्यसम्पादन गर्दा निरन्तर उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको बताउनुभयो । उहाँले यस कार्यमा सघाउने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा जनताको स्वास्थ्य सुधारका लागि थप प्रतिबद्ध भएर अगाडि बढ्ने हौसला मिलेको बताउनुयभो ।

पहिलो भएसंगै स्वास्थ्य कार्यालय पाल्पालाई लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु र स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले प्रमाणपत्र सहित सम्मान गर्नुभएको छ । उहाँहरुले स्वास्थ्य कार्यालय पाल्पाको असल अभ्यासलाई अन्य जिल्लाहरुले पनि आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर