
पाल्पा । पाल्पा अस्पतालले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालसंग अस्पतालको विकास र सेवा सुधारका लागि ६ बुंदे माग पेस गरेको जनाएको छ ।
विभिन्न कार्यक्रममा सहभागी हुन शुक्रबार पाल्पा आउनुभएका स्वास्थ्य मन्त्री खनाललाई जिल्लामा क्रियाशील राजनीतिक दल, अस्पताल विकास समिति, पत्रकार तथा सरोकारवालाहरूको सहभागितामा अस्पतालको समग्र विकासका विषयमा भएको छलफलमा अस्पतालका अध्यक्ष गुराँस आत्रेयले माग पेस गर्नुभएको हो ।
पेस गरिएको माग पत्रमा पछिल्लो समय निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा बन्द भएकोले दैनिक ५ सय बढी बिरामीको उपचार गर्नुपनेर् भएकोले दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक सहित न्यूनतम ४ जना मेडिकल अधिकृत थप गर्नुपनेर् उल्लेख छ । यस्तै बिरामीको चाप बढ्दो भएको र अस्पतालको भवन साँघुरो भएकोले अस्थायी ओपिडी निर्माणका लागि बजेट, समय अनुसार स्तरीय प्रयोगशाला र एक्सरेलगायतको सेवा सञ्चालनका लागि उपकरण, सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको औषधिको पर्याप्तता र नयाँ एम्बुलेन्स खरिदका लागि बजेट, अस्पतालको भवना पुरानो हुँदा सेवा प्रवाहमा अपर्याप्त भएकोले नयाँ बहुतले भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट र शल्यक्रिया सेवा तत्काल सुरु गर्न उपकरण र जनशक्तिको तत्काल व्यवस्थापन गर्न माग गरिएको छ ।
मन्त्री खनालले प्रदेश सरकार पहाडी जिल्लाका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने गरी अगाडि बढेको बताउनुभयो । उहाँले संविधानमै मौलिक हकका रूपमा स्वास्थ्य र शिक्षालाई ग्यारेण्टी गरिएको उल्लेख गदैर् अहिलेको अवस्थामा तत्काल सबै सेवा उपलब्ध गराउने अवस्था नभएको बताउनुभयो । तर प्रदेश सरकार आÇनो जिम्मेवारी अनुसार सेवा उपलब्ध गराउन प्रयत्नशील रहेको उहाँको भनाइ थियो । मन्त्री खनालले पाल्पा अस्पतालमा भौतिक पूर्वाधार व्यवस्थापन नहुँदा अन्य सेवा प्रभावित भएको देखिएकोले तत्काल जमिनको व्यवस्था गर्न सबै पक्षबाट पहल हुनुपनेर् बताउनुभयो ।
उहाँले भवन निर्माणका लागि बजेट अभाव नदेखिएकोले जग्गा प्राप्तीका लागि अहिलेसम्म गरिएको प्रक्रियाको अन्तिम टुंगो र थप सम्भावना विषयमा जतिसक्दो छिटो निष्कर्षमा पुग्न आग्रह गर्नुभयो । जिल्लामा स्वास्थ्य बिमा हट्नुलाई समस्या नमानेर अवसरका रूपमा लिएर काम गर्नुपनेर् मन्त्री खनालको भनाइ थियो । तत्काल सबै सेवा सरकारी स्वास्थ्य संस्थाबाट बिमितले प्राप्त गनेर् अवस्था नभएकोले निजी अस्पतालहरूमा बिमा सेवा सञ्चालनका लागि पहल गदैर् सरकारी अस्पतालको सेवा बलियो बनाउन गरी काम गर्नुपनेर्मा उहाँले जोड दिनुभयो । अस्पतालको स्तरोन्नति, आवश्यक दरवन्दी परिपूर्ति र मेसिनरी औजारको व्यवस्थापनमा आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निजी अस्पतालको सामाजिक उतरदायित्वको बाध्यकारी व्यवस्था कार्यान्वयन गराउने अब छिट्टै कार्यक्रम आयोजना गर्ने जानकारीसमेत गराउनुभयो ।
लुम्बिनी प्रदेशको स्वास्थ्य निदेर्शनालयका निदेर्शक ड.विनोद कुमार गिरीले तत्काललाई भन्दा पछिको समयलाई ध्यानमा राखेर अस्पतालको संरचनाहरू निर्माण गर्नुपनेर् बताउनुभयो । उहाँले आकस्मिक र ओपिडी सेवा अहिलेको स्थानबाट उपलब्ध गराउँदै मापदण्ड अनुसारको भवनबाट सेवा दिनका लागि जमिनको खोजी गर्न आग्रह गर्नुभयो । दैनिक रुपमा बिरामीको चाप बढ्ने भएकोले अहिलेको स्थानबाट सबै आवश्यक सेवा उपलब्ध गराउन सक्ने अवस्था नरहेको निर्देशक गिरीको भनाइ थियो ।
कार्यक्रममा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले पाल्पा अस्पतालको विकासका लागि आफूहरू एक ठाउँमा रहेको बताएका थिए । उनीहरूले पाल्पाली जनताको चाहना अनुसार सरकारी अस्पतालबाट सेवा लिने वातावरण निर्माण गर्नका लागि प्रदेश सरकारसंग आग्रह समेत गरेका थिए ।