
पाल्पा । रैनादेवी छहरा गाउँपालिका वाड नम्बर ४ अमला बासका महिलाहरू अमलाबासको शिव मन्दिरको चौपारिमा हरेक महिनाको १५ गते २७ जना महिलाहरू भेला हुन्छन्।
गाउँघरमा मानिसहरूले गर्दै आएका कतिपय कामहरूलाई आयआर्जन वृद्धि हुने किसिमले गर्न सकियो भने घरेलु उद्यमको रूपमा विकास हुन सकिन्छ भनेर आफैले प्रत्येक महिना सक्दो पैसा उठाउँछन् अनि समूहमा लगानी गर्छन् र विपन्न सदस्यको अर्थोपार्जनमा समूहले सहयोग गरेको स्थानीय मिना बगाले मगरको भनाई छ ।
पछिल्लो समय महिलाहरूको समूहमा बसेर आफ्नै पहलमा विभिन्न उद्यम गर्दै आएका छन् । जीवन धान्न वा गुजारा गर्नका लागि गरिने जीविकोपार्जन मात्र गरेका छैनन् पछाडि परेका महिलालाई सामाजिक, आर्थिक र राजनीतिक रूपमा राज्यको मूल प्रवाहमा ल्याउन महत्पूर्ण भूमिकामा समेत लाग्ने गरेका छन् । करिब २० अगाडी १ जना सदस्यले ५ रुपैयाँ उठाएर सुरु गरेको समूहका सदस्यले अहिले १ हजार बचत गर्छन् ।तिन महिना सम्म समूहमा उठेको पैसा रिण स्वरुप लगेर आम्दानी गर्न थालेका महिलाहरू अहिले मासिक रामे बचत समेत गरेका छन् ।
पाँच वर्ष अघिसम्म आफ्नो कमाइ केही नभएकी एक महिला सिता सुनारले यही समूहको रिण बाट तरकारी खेती अदुवा खेती थालेपछि पहिलेजस्तो कसैसँग हात पसार्नु नपरेको बताउनहुन्छ ।प्रत्येक महिना समूह हुने सकारात्मक छलफल र महिलाले समूह मार्फत सीप सिकेर व्यवसाय गरिरहेका धेरै महिला घर व्यवहारबाट बचेको समयलाई सदुपयोग गरी आयआर्जन गर्न सफल भएको बताउँछन्। आफ्नो कमाइ नहुँदा हेपिनु परेको अनुभव सुनाउने अमलबास गाउँकी कमला रायमाझी पहिला ५ रुपैयाँ बाट सुरु गरेको समुहले गरेको लगानी बाट पैसा चाहिएको बेला एउटा खसी बेचेर पनि काम चलाउन सकिन्छ भन्ने उदाहरण दिनुभएको छ ।
अमला बासका महिला दिदिबहिनीहरु आफ्नै कमाइमा छोराछोरी पढाउनदेखि घर व्यवहार चलाउन सफल भएकोमा महिलाहरू गर्व गर्छन्। सानो कामको लागि पनि ऋण सापट गर्नुपर्ने बाध्यता भोगेका उनीहरू मिहिनेत गर्यो भने पैसा मात्र होइन, सुख पनि पाइने अनुभव व्यक्त गर्छन्। समुदायमा बसोबास गर्ने महिलाहरूको सामाजिक, आर्थिक, राजनीतिक एवं सांस्कृतिक पक्षहरूमा अधिकतम सहभागिता बढाउनुका साथै महिलाहरूलाई सशक्तीकरण गराउनका लागि आमा समूह अबल्ल बनेको छ । शिवालय आमा समूह अमला बासकी उपाध्यक्ष विष्णु घिमिरेले जानकारी दिनुभयो ।
अमलाबासका महिला मात्रै होइन रैनदेवी छहरा गाउँपालिका भित्र रहेका २ सय बढी महिला समूह सहकारी समुह र आमा समूहका महिलाहरू आत्मनिर्भर हुँदै गएपछि उनीहरूको सामाजिक हैसियत बढेको देखिन्छ ।