
पाल्पा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पाले सञ्चालन गरेको अदुवा तथा बेसार जोन कार्यक्रमको अनुगमन गरिएको छ । जोन कार्यक्रम अन्तर्गत संचालन भएका व्यवसायको अवलोकन तथा छलफल कार्यक्रम निस्दी गाउँपालिका वडा नं ५ ढुंगानावेसीमा भएको छ । पाल्पाको निस्दी, रामपुर, पूर्वखोला र बगनासकालीमा सञ्चालन भएको कार्यक्रम अन्तर्गत परियोजनाको सहयोगमा सञ्चालन भएका गतिविधिहरुको जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको टोलीले स्थलगत अनुगमन गरेको हो ।
गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको अदुवा प्रशोधन केन्द्र र जनता माध्यमिक विद्यालय निस्दी ५ ढुंगानाबेसीको स्थायी टनेल तथा च्याउ घरको अनुगमन गरेको हो । परियोजनाले गत वर्ष र चालु आर्थिक वर्षमा सहकारीलाई अदुवा प्रशोधन केन्द्रको लागि अदुवा धुने, काट्ने तथा पखाल्ने मेसिन प्रदान गरेको छ । परियोजना एकाईले प्राविधिक शिक्षालयको सहकार्यमा व्यवसायिक कृषि उत्पादन कार्यक्रम मार्फत नर्सरी, च्याउ घर र तरकारी खेतीको लागि स्थायी टनेल निर्माणमा सहयोग गरेको जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन समितिका संयोजक टंकनाथ खनाल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी सुझाव संकलन सहित आÇनो राय प्रस्तुत गर्नु भएको छ । प्रमुख खनालले सबै किसानलाई समेट्ने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको र अदुवा संगै बेसार खेतीमा थप केन्द्रित हुन सके कृषकलाई बजारको समस्या नहुने बताउनुभयो । उहाँले अदुवा बेसार संगै सुन्तला जात फलफूलमा अनुसन्धान आवश्यक रहेकाले प्रविधिको प्रयोगमा थप लगानी गर्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले विद्यार्थीहरुको लागि कमाउँदै सिक्दै भन्ने उद्देश्यका साथ सञ्चालनमा रहेको कार्यक्रमलाई व्ययवस्थित बनाएर अघि बढ्न सके थप प्रभावकारी हुने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले अदुवाको लागि प्राविधिक सहयोग संगै बजारिकरण र विविधिकरण गरेर बजारमा पाल्पाको अदुवा भनेर फरक पहिचान दिने खालको बनाउन सकियो भने आर्थिक क्षेत्रमा मात्र नभई पाल्पाको पहिचान बन्ने बताउनुभयो । गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक दिलमाया सारुले निस्दी ५ मा उत्पादन भएको अदुवा आर्गानिक भएको प्रमाणित गरेर प्रशोधित अदुवा जर्मन लगायत विभिन्न देशसम्म पठाईएको र सहकारी आफैले सिधै पठाउने माध्यम नबन्दा बिचौलीयाबाट ठगिनु परेको बताउनुभयो ।
सहकारीले यसवर्ष ४५ हजार ९५६ किलो अदुवा खरिद गरी बिक्रि गरेको छ । खरिद गरिएको अदुवामध्ये ८०५ किलो प्रशोधन गरेर र अन्यलाई विउ तथा अन्य माध्यमबाट विक्री गरिएको पाइएको छ । सहकारीका अध्यक्ष अममाया मश्रा·ीले विद्युत आपूर्तिमा समस्या हुँदा प्रशोधनमा समस्या भएको बताउनुभयो ।
परियोजना कार्यान्वयन एकाई पाल्पाका प्रमुख टुकबहादुर थापाले परियोजना सञ्चालन संगै दिगोपनाको लागि छलफल गर्दै एकाई अघि बढेको र सिक्दै कमाउदै कार्यको लागि परियोजनाले जनता माविमा दश लाखको ७५ प्रतिशत अनुदान प्रदान गरेको जानकारी दिनुभयो ।