
पाल्पा । निस्दी गाउँपालिका पाल्पाले चालु आर्थिक वर्ष २०७९/८० मा गर्ने विकासका योजनाहरुको काम तीव्र गतिमा गरेको पाइएको छ । गाउँपालिकाको क्रमागत रुपमा भएका योजनाहरुको काम र यस वर्ष सुरु गरिएका योजनाहरुको कामले गति लिएको हो । योजनाहरुको काम पूर्वनिर्धारित समयमा सम्पन्न गराउनका लागि प्राथमिकतामा राखेर काम अगाडि बढाएको गाउँपालिकाले जनाएको छ ।
यस आर्थिक वर्षमा निस्दी गाउँपालिकामा करिव ३ सय ७६ वटा योजनाहरु छन् । जसमा २ सय ९० वटा योजना उपभोक्ता मार्फत काम हुनेगरी सम्झौता भएको सूचना अधिकारी अर्जुन खनालले जानकारी दिए । यसका साथै वर्ष छनोट भएका प्रत्येक टोलदेखि वडा कार्यालयसम्म पुग्ने सडकको स्तरोन्नतिका लागि ४४ वटा मोटरबाटो स्तरोन्नतिका योजनालाई एकीकृत गरेर ४ वटा टेण्डर मार्फत काम सुरु भएको सूचना अधिकारी खनालको भनाइ छ ।
यस वर्ष वडा नं. ३ को चापाघाटमा १३ लाख ६८ हजार ५५ रुपैयाँको झोलु·े पुल निर्माणका लागि टेण्डर गरिएको छ । यस्तै बाकामलाङ देखि ज्यामिरे सम्मको करिव ४६ किलोमिटर सडक स्तरोन्नतिको योजना केम खाम्चा मार्गको लागि १२ करोडको ठेक्का गरिएको छ । यस वर्ष ग्राभेल र पक्की नाली निर्माण गर्न ३ करोड २० लाखको टेण्डर भएर काम भैरहेको छ । यो सडक ५ वर्षमा कालोपत्रे हुनेगरी काम अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिए ।
गाउँपालिकाको वडा नं. ५ गल्धाको स्वास्थ्य चौकी भवन निर्माणका लागि अमृत कन्स्ट्रक्सन, तानसेनले १ करोड ३ लाख ६१ हजार ४ सय ४५ रुपैयाँमा जिम्मा पाएको छ । चालु आर्थिक वर्षमै सक्नुपनेर् योजनामा निर्माण व्यवसायीले कमसल सामग्री प्रयोग गरेको देखिएपछि तत्काल भत्काएर गुणस्तर कायम गर्न लगाइएको छ ।
गाउँपालिकाको क्रमागत योजना मध्ये मुख्य प्रशासनिक भवनको कामले पनि तीव्रता पाएको छ । २८ अक्टोवर २०२१ मा ५ करोड २७ लाख २५ हजार ८ सय ९० रुपैयाँमा रविना श्रैया जेभी संग भएको सम्झौता अनुसार काम अगाडि बढेको छ । यस्तै १५ शैयाको अस्पताल निर्माणका लागि भ्याट सहित १६ करोड ६८ लाख ८४ हजार ९ सय २४ रुपैयाँमा काम भैरहेको छ । यस्तै गरी वडा नंं १ र २ को वडा भवन निर्माणको काम चालु अवस्थामा छ । आगामी वर्षमा सम्पन्न हुने योजनाका लागि यस वर्ष ५०/५० लाखको काम हुने सूचना अधिकारी खनालले बताए । मापदण्ड अनुसार योजनामा गुणस्तर कायम गर्न प्रविधि खटाइएको गाउँपालिकाले जनाएको छ । अहिले सम्म भेटिएका कमिकमजोरी सच्चाउने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयालले बताए । उनले केही निर्माण व्यवसायीले सम्झौतापछि काममा ढिलाइ गरेको भएपनि ताकेता पछि काम सकारात्मक र सन्तोषजनक रुपमा अगाडि बढेको भनाइ छ ।
गाउँपालिकाले पुराना र नयाँ योजनामा निर्माण व्यवसायीले गरेको ढिलासुस्तीका विषयमा ताकेता गर्ने, नियमित अनुगमन र काम नभएका निर्माण कम्पनीलाई स्पष्टिकरण सोध्ने काम समयमै गरिएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए ।उनले सम्झौता गरेर काम नगरेका निर्माण व्यवसायीलाई कार्ययोजना सहित गाउँपालिकामा उपस्थित गराएर कामलाई तीव्रता दिइएको बताए । गाउँपालिकाले आम नागरिकको सुविधाका लागि सञ्चालन गरेका योजनाहरु तोकिएको समयमा पूरा गराउनुपनेर्मा गम्भीर रहेको बताए । अहिले सम्म गाउँपालिकाले सञ्चालन गरेको कुनै पनि योजना सम्पन्न गर्नुपर्ने समय नसकिएको र समयमै काम सक्न निर्देशन गरिएको अध्यक्ष सारुको भनाइ छ ।