पाल्पा (करुवा), तिनाउ गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट ४७ करोड ७६ लाख ९२ हजार रहेको छ । तिनाउ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि भवन निर्माणलाई प्राथमिकता दिएको छ भने कृषि र पशुपालनलाई पनि प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाको सम्भावना नागरिकको सहभागिताका आधारमा प्राथमिकताको मापदण्ड तयार गरी बजेट ल्याएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए । उनले हेफर इन्टरनेशनल नेपाल संगको साझेदारीमा व्यसायिक कृषि र पशुपालनको क्षेत्रमा काम गर्नका लागि बजेट व्यवस्थापन गरिएको बताए । सामाजिक स्रोत विकास केन्द्र नेपालको समन्वयमा हेफरले व्यवसायिकता सहित बजारिकरण, तालिम र वित्तिय संस्थासंगको समन्वयमा सहजिकरण गनेर् गरी कार्यक्रम बनाएको छ ।
यस्तो छ तिनाउको आयव्यय
पाल्पा (करुवा)। तिनाउ गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट ४७ करोड ७६ लाख ९२ हजार रहेको छ । संघीय सरकारको सशर्त अनुदान १९ करोड ९४ लाख, समानीकरण अनुदान ९ करोड १५ लाख, समपूरक अनुदान ४२ लाख, राजश्व बाँडफाँडबाट ७ करोड १० लाख ६९ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७२ लाख ६३ हजार रहेको छ । यसैगरी प्रदेश सरकार अन्तर्गत सशर्त अनुदान ८५ लाख ४४ हजार, विशेष अनुदान ६० लाख, समानीकरण अनुदान ४२ लाख ६१ हजार, समपूरक अनुदानको १ करोड ५० लाख, राजश्व बाँडफाँड ७८ लाख ५५ हजार रहेको छ । आन्तरिक आयतर्फ गाउँपालिका बैंक मौज्दात १ करोड ६० लाख र आन्तरिक स्रोत ३ करोड रहेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिले जानकारी दिए । पालिकास्तरीय योजना तथा कार्यक्रम अन्तर्गत प्रदेश समपूरक १ करोड ५० लाख, संघीय समपूरक ४२ लाख पशु तथा कृषि विकास साभेmदारी कार्यक्रम (हेफर) १ करोड ५० लाख रहेको छ । शिक्षामा ८० लाख, स्वास्थ्यमा ५६ लाख, कृषि विकास तर्फ ३० लाख, सहकारी ५ लाख, न्यायिक समिति ६ लाख रहेको छ । खानेपानी तथा सरसफाई १० लाख, भूसंरक्षण ७ लाख ५० हजार, वन तथा वातावरण ७ लाख ५० हजार रहेको गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाले बताइन् । यसैगरी कर्कतपाता खरीद २० लाख, मिनि टिलर खरीद २० लाख, दशै मोटरबाटो सरसफाई ३० लाख, विपद् व्यवस्थापन ५० लाख, लक्षित वर्ग २० लाख, बालमैत्री कार्यक्रम १० लाख, ३ नम्बर वडा कार्यालय भवन ४५ लाख, ६ नं वडा कार्यालय भवन ४५ लाख रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । वष्डा गत बजेट गाउँपालिका र वडागत बजेट पनि बाँडफाँड गरिएको छ । वडान १ का लागि १ करोड १५ लाख, २ को १ करोड १९ लाख, ३ को १ करोड १ लाख, ४ का लागि ९७ लाख, ५ का लागि १ करोड २ लाख र ६ का लागि १ करोड १२ लाख रहेको छ ।
यसका साथै गाउँपालिका भित्र चालु अवस्थामा रहेका दुई वडा भवन निर्माण योजनाले निरन्तरता पाएका छन् । शक्षा, स्वास्थ्य खानेपानी, सडक, पूर्वाधार विकासमा चालु आर्थिक वर्षकै हाराहारीमा योजना र बजेट ल्याएको उपाध्यक्ष दमयन्ती थापाले बताइन् । प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले छलफल र विषयगत समितको बैठकबाट बजेट विनियोजन भएको बताए । चालु आर्थिक वर्षका लागि वडामा भुगोल र जनसंख्याको आधारमा बजेट सिलि· पठाएर प्रतिनिधिमूलक रुपमा योजना संकलन गरेको उनले बताए । गाउँपालिकाले आधुनिक र सुरक्षित भवन गाउँपालिकाको गहनाको रुपमा मानेर काम अघि बढाएको गाउँपालिका अध्यक्ष घर्तिले बताए ।
गाउँपालिकाले भवन निर्माणमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने, घर बनाउदा गाउँपालिकाले पास गरेको तिनाउ भवन निर्माण मापदण्ड २०७७ लाई पूर्ण रुपमा पालना गराएको छ । पुराना बनेका घरहरुलाई पनि अभिलेखिकरणको प्रकृयामा समावेश गरिने उनले बताए । पालिकाभित्र रहेका विभिन्न मोटरवाटोको किनारमा घर वनाउँदा गाउँपालिकाबाट पास गरी तोकिएको सडकको मापदण्ड पूरागरी भवन निर्माण गर्ने व्यवस्था मिलाइएको छ । तिनाउ गाउँपालिकाले ६ करोडको लागत अनुमान तयार भएकोमा पहिलो वर्ष २ करोड ६९ लाखमा पहिलो तलाको कार्यालय भवन निर्माणको कार्य सम्पन्न भएको छ । लाइभस्टक इनोभेसन प्रोजेक्टको सहयोगमा तिनाउ–२, दोभानमा १ करोड ५० लाखको लागतमा पशुसेवा भवन निर्माण सम्पन्न भएको छ ।
१ करोड १८ लाखको लागतमा तिनाउ–३ झुम्सामा तिलोत्तमा प्राविधिक शिक्षालय भवन चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गरी कक्षा संचालन गनेर् योजना अघि बढेको वडाध्यक्ष प्रेम प्रसाद पाण्डेयले बताए । तिनाउ गाउँपालिकाको बहुउद्देश्यीय सभाहल चालु आर्थिक वर्षमा सम्पन्न गरी संचालनमा ल्याइने उनले बताए । वडा नं. ४ र ५ को वडा कार्यालय भवन यस आर्थिक वर्षमा सम्पन्न गरी कार्यालय संचालन गरिने गाउँपालिकाले जनाएको छ । वडा नं. ३ र ६ को वडा कार्यालय भवन यसै आर्थिक वर्षमा सम्पन्न गनेर् योजना छ ।
वडा नं. ६ मा स्वास्थ्यचौकी भवन यसै आ.ब.मा निर्माण सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ । राष्टिय पुनःनिर्माण प्राधिकरणवाट गत वर्ष मा २२ वटा विद्यालय भवन सम्पन्न भएको छ । शिक्षा विभाग र प्रदेशवाट ८ वटा सहित ३० वटा भवन निर्माण सम्पन्न भई कक्षा संचालनमा रहेको छ । यस आर्थिक वर्षमा ज्ञानोदय मावि ओखलढुंगामा चार कोठे, आदर्श आधारभूत विद्यालय ज्यामिरेमा चार कोठे र थानीडाडा मावि वगाहामा २ कोठे भवन निर्माण भइरहेको छ । कचल स्वास्थ्य चौकी भवन यसै आर्थिक वर्षमा सम्पन्न भई संचालनमा आउने गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य इकाई संचालन भएका स्थानहरुमा क्रमश भवन बनाउदै सेवा संचालन गरिने उपाध्यक्ष थापाले बताइन् । २५ लाखमा निर्माण सम्पन्न भएको गणेश महिला सामुदायीक भवन संचालन मा ल्याइने उनले बताइन् ।
वडा न. १ मा आरखोदी सामुदायिक भवन मुर्थुम सामुदायिक भवन, झिँगामारा सामुदायिक भवन, मुहानटोल सामुदायिक भवन, खार्दिवाङ सामुदायिक भवन, कुँडापानी सामुदायिक भवन, कचल फुलवारी सामुदायिक भवन निर्माण भइरहेको छ । वडा न. २ मा हरियाली गाउँ सामुदायिक भवन, सातपत्रे सामुदायिक भवन, सिर्जनशिल सामुदायिक भवन, मारावास सामुदायिक भवन, वडा न. ३ मा कोईलि बालविकास भवन, बेरुवा सामुदायिक भवन, वडा न. ४ मा दह महिला सामुदायिक भवन, थपनडाँडा सामुदायिक भवन, जाल्माघाट सामुदायिक भवन, बौरीडाँडा सामुदायिक भवन, छाप सामुदनयिक महिला भवन निर्माण भइरहेको छ ।
वडा न. ५ विस्कुनडाडा महिला भवन, मरामकोट महिला भवन, खमौरीटोल कोलडाडा भवन, सिमलडाँडा टोल भवन, घुघराछाप भवन, मनोकामना सामुदायिक भवन मर्मत, वडा न. ६ डुम्रे सामुदायिक भवन, पाटन सामुदायिक भवन, कालिमाटी सामुदायिक भवन, सारुटोल सामुदायिक भवन, पोखरडाँडा चिदीस सामुदायिक भवन, कोलाङ सामुदायिक भवन, सिसुवा सामुदायिक भवन, मस्याम महिला कल्याण संघ सामुदायिक भवन, जन्तीलुङ रिपाहा सामुदायिक भवन, भुइनाथदेवी सामुदायिक भवन निर्माण भइरहेको छ ।