
पाल्पा । रिब्दीकोट गाउँपालिकाको आर्थिक सहयोग र हेफर इन्टरनेशनल नेपाल, ग्रामीण आर्थिक विकास संघ रेडाको कार्यक्रम संयोजनमा पालिकाका आठ वटै वडाहरुका दुग्ध उत्पादक सहकारी र निजी डेरी उद्योगहरुलाई २८ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको छ ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रमबाट रिब्दिकोट कृषि तथा पशु उधमशिलता विकास परियोजना कार्यक्रम अन्तर्गत दुग्ध व्यवसाय प्रवद्वनका लागि सामाग्री हस्तान्तरण गरेको हो । कर्यक्रमका समूह सहकारीलाई सामाग्री हस्तानतरण गर्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जीसीले रिब्दीकोट गाउँपालिलाई दुधमा आत्मनिर्भर बनाउनका लागि कार्यक्रम प्रभावकारी हुने बताए ।
कार्यक्रमबाट पालिकाका आठ वटै वडाहरुमा कृषि समुह उपसमुह गठन भएको र गठन पश्चात कृषकहरुलाई उन्नत जातको भैसी वितरण गरिएको अध्यक्ष जीसीले बताए ।
वर्तमान समयमा भैसीबाट उत्पादित भएका दुधलाई बजारिकरण गर्नका लागि सामाग्री वितरण गरिएको बताउँदै भैसी पालनको पकेट क्षेत्रको रुपमा विकास गरि कृषकहरुलाई उत्पादन मुलक कार्यमा जोडी आत्म निर्भर बनाउने उद्देश्य रहेको अध्यक्ष जीसीले बताए ।
गाउँपालिकाको वडा नं ४ भैरवस्थान मन्दिरमा रोट पकाउनका लागि घिउको आवश्यक पर्ने भएकोले कृषकले उत्पादन गरेको घीउ पनि खपत हुने, त्यस्तै दुधबाट बनेका परिकारहरुको पनि खपत हुने भएकोले कृषकहरुलाई मेहनतका साथ कृषि कर्म गर्नका लागि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले आग्रह गरिन् ।
गाँउपालिकाले कृषकहरुलाई व्यवसायीक बनाउनका लागि भैसी पकेट क्षेत्र कार्यक्रम, बाख्रा पकेट क्षेत्र कार्यक्रम,मौरी पालन पकेट क्षेत्र कार्यक्रमहरु सञ्चालन गरिरहेकोले कृषकहरुले पालिकाबाट प्राप्त गरेका स्रोत साधनहरुलाई उचित सदुपयोग गरि व्यवसायीक बन्न उपाध्यक्ष खनालले आग्रह गरिन् ।
सहकारीका कृषक समुहलाई केन्द्रित गरी विभिन्न स्वरोजगार मुलक कार्यक्रमहरु सञ्चालन गरिएकोले कृषकहरुलाई उधमशिलता तर्फ अगाडी बढन वडाध्यक्ष बिष्णु प्रसाद गैरेले आग्रह गरे । अर्का वडाध्यक्ष दुर्गा प्रसाद खनालले गोठदेखि ओठ सम्म दुधको शुद्व कायम हुनु पर्नेमा कुरामा जोड दिए ।
हेफर इन्टरनेशनल अन्तर्गत ग्रामीण आर्थिक विकास संघ रेडाका रिब्दीकोट गाउँपालिकाका कार्यक्रम संयोजक सुशील कुवँरले दुग्ध व्यवसाय प्रवद्र्धन परियोजना अन्तर्गत दुध पकेट क्षेत्र विकासका लागि कार्यक्रम सञ्चालन भएको बताए । कार्यक्रमका लागि पालिकाका आठ वटै वडाहरुमा १६ वटा मुल समूह गठन र ७ उपसमुह गठन गरिएको उनले बताए ।
कृषकको आम्दानीको स्रोत दुध तथा तरकारीबाट वृद्वि गर्ने उद्देश्यले ५ लाखको किम्बु, सुपर नेपियर लगायतका घाँस खरिद गरी वितरण गरिएको छ । ६८ वटा उन्नत जातको भैंसी वितरण गरेको छ भने कृषि सहकारीहरुमा संकलन भएका दुधलाई उचित किसिमले संकलन गर्नका लागि सामाग्री वितरण गरेको हो ।
कार्यक्रम अन्तर्गत वडा नं १ को ख्याहा बहुउद्देश्यीय सहकारी सँस्थालाई मिल्क क्यान ठूलो चार, मिल्क एनालाइजर एक सेट, डिफ्रिज एक वटा प्रदान गरेको छ । वडा नं २ को देवीस्थान दुग्ध उत्पादक सहकारी सस्थालाई कम्युटर सेट एक र प्रिन्टर, वडा नं २ को खस्यौली पशु सेवा दुग्ध उत्पादन समुहलाइ तौल मेसिन एक, वडा नम्बर ३ को दुग्ध उत्पादक सहकारी संघलाई मिल्क क्यान ठुलो दुई, वडा नम्बर ४ को रानीठाँटी दुग्ध उत्पादक कृषक समुहलाई ठूलो मिल्क क्यान दुईवटा प्रदान गरिएको छ ।
भैरव बहुउद्देश्यीय सहकारी सँस्थालाई मिल्क क्यान चार, मिल्क एनालाईजर, चिलिड भ्याट, कम्युटर सेट र प्रिन्टर, वडा नं ५ को समाज कल्याण कृषि सहकारी सस्थालाई मिल्क क्यान तीन र तौल मेसिन, वडा नं ६ को गौरवशील कृषि समुहलाई मिल्क क्यान तीन र डिफ्रिज, वडा नंम्बर ७ को आत्मनिर्भर सहकारी सस्थालाई मिल्क एनालाइजर सेट, मिल्क क्यान सानो ६ र ठूलो एक र डिफ्रिज एक र वडा नं ८ को सेतो गुराँस दुग्ध संकलन समुहलाई मिल्क एनालाइजर सेट एक र मिल्क क्यान ठूलो चार वटा प्रदान गरिएको ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यक्रम सहजकर्ता रामप्रसाद न्यौपानेले बताए ।
कार्यक्रममा ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले गाउँपालिकामा कृषकहरुले उत्पादन गरेको दुधलाई संकलन केन्द्र सम्म पु¥याउनका लागि समस्या नहोस भनेर गाउँपालिकाको आर्थिक सहयोग र सस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको बताए ।
रिब्दीकोट गाउपालिकालाई दुध र दुध जन्य परिकारहरुको उत्पादनमा वृदि गर्नका लागि भैसी वितरण, भैसीका लागि आवश्यक पर्ने घाँस वितरणको साथै हाल दुग्ध सहकारी सस्थाहरुलाई संकलनको लागि सहज होस भनि सामाग्री वितरण गरिएको कार्यकारी निर्देशक कार्कीले बताए । गाउँपालिकाका कृषकहरूलाई उन्नत जातको बाख्रा वितरण, खोर सुधार कार्यक्रम सञ्चालन गरिएको छ ।