कोरोना भाइरस संक्रमण भएका नागरिकको मृत्यु हुने क्रम रोकिएको छैन । कोरोना संक्रमणबाट पाल्पामा मात्रै ८९ जनाको मृत्यु भएको छ । अझ दुःखद त कतिपय परिवारका श्रीमान्श्रीमती, एका घरका दुई, तीन जनासम्मको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणलाई जित्ने धेरै छन् तर यसलाई हेलचेक्रयाई गर्दा मृत्युको मुखमा पुगेका पनि छन् । हुन त अस्पतालमा पुगेकाहरुको पनि मृत्यु भएको छ । अस्पतालमा सुविधासम्पन्न तवरले उपचार गर्दागर्दै पनि मृत्युको मुखमा पुग्ने धेरैन छन् । अन्तिम समयमा अस्पताल पुग्दा पनि समस्या छ । सुरुमा सामान्य रुघाखोकी र ज्वरोे आउने तर त्यसले च्याप्दै गएपछि बल्ल अस्पताल पुग्ने गर्छन् ।
घरमा बस्दा सामान्य ज्वरो र रुघा लागेको बेला धेरै ख्याल गदैर्नन् । मेडिकलबाट औषधि खरिद गरेर ल्याउने र खाने गर्छन् । आरटिपिसिआर, एन्टिजेन परीक्षण गरेको पाइदैन । मौसमी रुघा ठानेर सातासम्म पनि घरमै बस्नेहरु छन् । जनप्रतिनिधि, छिमेकीले स्वाब परीक्षण गर्न सल्लाह दिन्छन् । तर नमान्ने पनि धेरै छन् । अन्तिममा श्वासप्रश्वासमा समस्या आउँछ । हतार हतार अस्पताल जान खोजिन्छ । कहिले बेड हुन्छ कहिले हुँदैन । यति मात्र होइन समस्या भनेको अक्सिजनको पनि हुनसक्छ । अरुले अस्पताल जाउँ भन्दा आज सुत्छु भन्ने धेरै हुन्छन् । अकोर् दिन जाम्ला भन्ने पनि छन् । अस्पताल पु¥याउँदा बेड नपाउँदा घरै फर्काउनु पनेर् हुन्छ ।
घरमै चिकित्सक र नर्स बोलाइन्छ । फोक्सोमा खराबी आइसकेको हुन्छ । अस्पतालमा भर्ना गर्नुपनेर् सुझाव पाउँछन् । त्यतिन्जेल अप्ठ्यारो भइसकेको हुन्छ । यतिबेला अधिकांश गाउँ, सहर, टोल बस्तीमा एकाघरमा सबैलाई संक्रमण हुने र मृत्यु हुने क्रम झन् बढ्दो छ । मुख्य कुरा घरमा सावधानी नअपनाउने र सामान्य रुघाखोकी लाग्दा पिसिआर, एन्टिजेन जाँच नगराउँदा यस्तो बढेको हो । कोरोना भाइरस संक्रमण भएर होम आइसोलेनमा बस्नेले सावधानी नपअपनाउँदा एकाघरका संक्रमण र मृत्युदर बढ्दो भएकाले यसतर्फ ध्यान दिनु आवश्यक छ । यसका लागि जनप्रतिनिधि, स्वास्थ्य कार्यालय, छिमेकी नागरिकले पनि ध्यान दिनुपर्छ । होइन भने अझ धेरै नागरिकले अकालमा ज्यान गुमाउने छन् ।